काठमाडौं । नेपाल प्रहरीका दुई प्रहरी नायब महानिरीक्षक (डिआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन् ।
मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले डिआईजीद्धय दुर्गा सिंह र भरतबहादुर बोहरालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
यसअघि, गत शुक्रबार बढुवा सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम (४) अनुसार बढुवाका लागि उनीहरुको नाम सिफारिस गरेको थियो ।
सम्भवतः उनीहरुलाई आइतबार प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले दर्ज्यानी चिन्ह प्रदान गर्नेछन् ।
Facebook Comments Box
