काठमाडौं । सामाजिक सञ्जाल इन्स्टाग्राम हुँदै टिकटक र फेसबुकमा चर्चाको शिखरमा रहेको बिबेक पंगेनी र सिर्जना सुवेदीको वियोग धेरैका लागि पीडादायी भएको छ । ब्रेन क्यान्सरबाट थलिएका पतिको स्यहारसुसारमा आफुलाई समर्पित गरेकी सिर्जना एक्लिएकी छिन् ।
पति विरामी भएर उपचाररत रहेका बेला उनले कतिपय फोटो भिडियो सामाजिक सञ्जाल राख्थिन् । एउटा शिथिल र रोगी जीवनसाथीका लागि सिर्जनाले जसरी आफूलाई समर्पित गरिरिहन्, त्यसले धेरैको हृदय स्पर्श गर्यो ।
जसले गर्दा सामाजिक सञ्जालमा उनीहरु आदर्श जोडीको रूपमा स्थापित भए ।
अन्ततः विवेकको निधन भयो । अधिकांश नेपाली अहिले पीडा महसुस गरिरहेका छन् । यतिमात्रै होइन, भारतीय मिडिया नवभारत टाइम्सले समेत विवेक र सिर्जनाको प्रेम, त्याग र तपस्याको बारेमा रिपोर्ट लेखेको छ ।
उसले लेखेको छ, बिबेक र सिर्जना सुवेदी इन्स्टाग्राममा फेमस जोडी थिए । बिबेक जर्जिया विश्वविद्यालयमा भौतिकशास्त्र र खगोलशास्त्रमा पीएचडीका विद्यार्थी थिए । सन् २०२२ मा उनलाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । उनले यो रोगसँग बहादुरीका साथ लडे र उनकी श्रीमतीले उनलाई यो लडाईमा पूर्ण साथ दिइन् ।
बिबेक र सिर्जनाको कहानीले मानिसको ध्यान ब्रेन क्यान्सर जस्तो गम्भिर रोगतर्फ खिचेको छ । यो जोडीले सोसल मीडियामा बिबेकको उपचारको संघर्ष सुरुवातदेखि लिएर अन्त्यसम्मका शेयर गरेको छ ।
हरेक व्यक्तिले उनको सिघ्र स्वास्थ्यलाभाको प्रार्थना गरे । सिर्जनाले आफनो पतिलाई हमेशा भरोसा, साहस र मायाँ दिइन् । बिबेकको निधनले उनका समर्थकलाई गहिरो दुःख पुर्याएको छ ।
प्रेम, विवाह, ब्रेन क्यान्सर र मृत्यु
सिर्जनाको इस्टाग्राम एकाउण्टमा एउटा पोष्ट शेयर भएको छ, जसमा उनले भनेकी छिन्– १० वर्षपहिला उनीहरुको भेट भएको थियो । विवेक स्कूलमा सिर्जना भन्दा सिनियर थिए । ६ वर्षको प्रेम सम्वन्धपछि उनीहरुले विवाह गरे । त्यसपछि अमेरिका गएर नयाँ जिन्दगी शुरु गरे ।
टाउको दुखाईबाट सुरु भयो लक्षण
सिजनाले भनेकी छिन्– अमेरिकामा बस्दा एक दिन बिबेकलाई असाध्यै टाउको दुख्यो। टाउको दुखाई कम भएन। त्यसको केही दिनपछि बिबेकको हिड्डुल वन्द भयो। चेकजाँचका लागि जाँदा बिबेकले भनेका थिए–‘मलाई केही हुँदैन।’ एमआरआई गराउँदा थाहा भयो, उनलाई चौथो स्टेजको ब्रेन क्यान्सर भएको थियो।
६ महिना बचेको जिन्दगी
बिबेकको कयौं मेजर सर्जरी भए । चिकित्सकले जवाफ दिईसकेका थिए, विवेकसँग सिर्फ ६ महिनाको जिन्दगी मात्रै बाँकी छ । यही समस्याले यी दुईबीचको जिन्दगीलाई बदल दियो । यस क्रममा सिजनाले पत्नीधर्म निभाईन र बिबेकको अथक सेवा गरिन ।
यतिसम्मकी वैरागिएर उनले आफनो कपाल समेत काटिन । हरेक प्रकारले पतिको सेवा गरिन् । यस क्रमका बिबेकको कीमोथेरेपी मार्फत उपचार भइरहेको थियो । तर, विवेकलाई कसैले बचाउन सकेन । उनका निधन भयो ।
