Author: Scoop Khabar

काठमाडौं । छानबिनमा परेका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको अचल सम्पत्तिको खोजी गरिएको छ । प्रशासन विभागका एआईजी टेक प्रसाद राईको संयोजकत्वमा बनेको ५ सदस्यीय छानवीन समितिले ज्ञवालीको अचल सम्पत्तिको खोजी गरेको हो । प्रहरीमा समानान्तर संगठन चलाएको, चेन अफ कमाण्ड उल्लंघन गरेको, नक्कली भुटानी शरणार्थी काण्डमा घोटाला गरेको, ६० किलो सुन, भेप सुन काण्डमा आर्थिक लेनदेन गरि अभियुक्तलाई बचाउन खोजेको, नेपाल प्रहरीको संगठनलाई व्याक्तिगत हित र आफ्नो स्वार्थ अनुकुल परिचालन गरेको र अकूत सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन समितिले अनुसन्धान गरिरहेको छ । छानबिनका क्रममा समितिले एआईजी ज्ञवालीविरुद्ध अकूत सम्पत्ति आर्जनको समेत उजुरी परेकाले त्यस विषयमा पनि छानबिन…

थप

काठमाडौं । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभुत तत्व मध्ये विधिको शासन एउटा तत्व भएको बताएका छन् । बिहीबार सिंहदरबारमा विकास, आर्थिक मामिला तथा सुशासन समितिले “सुशासन प्रवर्धनका लागि राष्ट्रिय सदाचार नीतिको आवश्यकता” विषय छलफलमा बोल्दै गृहमन्त्री लेखकले विभिन्न प्रकरणमा फाइल खोल्ने विषयमा सांसदहरुले राखेको जिज्ञासापछि बोल्दै लेखकले लोकतन्त्रमा कानून बेगर मुद्दा चल्न नसक्ने बताए । ‘फाइल खोल्ने भन्या के हो? मुद्दा चलाउने भन्या होला नी, लोकतन्त्रमा मुद्दा कानून बेगर चल्छ?, रहरमा मुद्दामा चल्दैन, कसैका चाहनाले मुद्दा चल्दैन, कानून बमोजिम चल्छ भन्ने मेरो आग्रह छ,’ उनले भने, ‘कुनै मुद्दा चलेको छ भने छटुन् पनि कानून बमोजिम छुट्छ । भन्ने मेरो आधारभुत…

थप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सरकारी निवासमा पार्टीका कुनै पनि बैठक नराख्ने घोषणा गरेका छन् । आज बिहान सामाजिक सञ्जाल फेसबुकमा जानकारी दिँदै नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले आफ्नो स्वास्थ्य अवस्थाले साथ दिएसम्म कुनै पनि पार्टीका बैठक सरकारी निवास बालुवाटारमा नराख्ने घोषणा गरेका हुन् । एमालेले आज सचिवालय बैठक बोलाएको छ । तर, सोमबार राति आएको भीषण वर्षाले पार्टी मुख्यालय च्यासलमा पानी पसेपछि आजको बैठक होटल बसेरामा राखिएको छ । उनले लेखेका छन्, ‘शुभ बिहानी । सामाजिक सञ्जाल मार्फत तपाईंहरूले दिनु भएको सुझाव अनुसार मेरो स्वास्थ्य अवस्थाले साथ दिएसम्म सरकारी निवास बालुवाटारमा पार्टीको बैठक नराख्ने जानकारी गराउँछु ।…

थप

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दिपक थापाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै थप प्रभावकारी ढंगबाट सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका सम्पूर्ण शाखाहरु, हिरासत कक्ष, व्यारेक लगायतको निरीक्षण गर्दै एआईजी थापाले यस्तो बताएका हुन् । उनले जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी तथा मातहत प्रहरी वृत्त र प्रभाग प्रमुखहरुलाई मनसुनको प्रभावले आई परिरहेको विपदजन्य घटनाको विश्लेशण गरी तत्काल उद्दार तथा राहत बितरण कार्यमा लग्न निर्देशन दिए । एआईजी थापाले राज्यद्वारा निर्दिष्ट कानूनी मूल्य र मान्यतालाई आत्मसाथ गर्दै अपराध रहित समाज निर्माणमा जोड दिनुपर्ने बताए । उनले कार्यालयबाट प्रवाह हुने सेवालाई…

थप

झापा । मेची प्रादेशिक अस्पताल भद्रपुरको प्रशासनिक भवनभित्र एक कर्मचारी मृत भेटिएका छन् । अस्पतालको स्वास्थ्य बीमा दाबी गर्ने शाखामा करारमा कार्यरत हेल्थ असिस्टेन्ट अन्दाजी २४ वर्षीय सुरज शर्मा झुन्डिएको अवस्थामा बुधवार बिहान ८:५० बजे मृत फेला परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । भद्रपुर नगरपालिका–१० निवासी शर्मा प्रशासनिक भवनको तेस्रो तल्लाको बीमा कोठाभित्रै नाइलनको डोरीले झुन्डिएको अवस्थामा फेला परेका थिए । सीसी टिभी फुटेज हेर्दा शर्मा गए राती करिब १० बजे सो कोठाभित्र एक्लै प्रवेश गरेको देखिन्छ । त्यसपछि नै उनले आत्महत्याको बाटो रोजेको हुन सक्ने प्रहरीको अनुमान छ । आज बिहान सरसफाइ कर्मचारीले कोठाभित्र शव देखेपछि होहल्ला…

थप

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकभरका कारागारमा कैदीबन्दीको सङ्ख्या क्षमताभन्दा बढी रहेकाले कारागारको नयाँ भवन निर्माण र भौतिक संरचना थप्नु आवश्यक भएको बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले कारागारको भौतिक संरचना थप गर्नुपर्ने, कैदीबन्दीको स्वास्थ्य उपचारदेखि सिदा रकम वृद्धिलगायत समग्र विषय व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन जरुरी रहेको बताए ।“बन्दी र कैदीका रुपमा कारागारमा रहेकाहरुको मानव अधिकारको पूर्ण रुपमा संरक्षण गरिनेछ”, मन्त्री लेखकले भने, “त्यहाँको स्थिति सुधार गर्ने तथा सुविधा बढाउने प्रयत्न गरिरहेका छौँ ।” शान्ति सुरक्षा र कारागार व्यवस्थापनसम्बन्धी सांसदहरुले उठाएको विषयमा बोल्दै उनले भौतिक संरचना निर्माणलगायत समग्र विषयमा आर्थिक स्रोत जोडिएको…

थप

चितवन । भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा मोटरसाइकल र कार ठोक्किँदा एकजना सैनिक जवानको मृत्यु भएको छ । नेपाली सेनाको नम्बर २ विपद् व्यवस्थापन गण रसौलीमा कार्यरत २७ वर्षीय सिपाही निगम नेपाली सार्कीको मृत्यु भएको हो । उनी तनहुँ भानु नगरपालिका–१२ का स्थायी बासिन्दा हुन् । गएराति बसपार्कबाट रामनगरतर्फ गइरहेको कारले विपरीत दिशाबाट आइरहेको उनी सवार मोटरसाइकललाई ठक्कर दिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालका अनुसार सोही गणमा कार्यरत बन्दीपुर गाउँपालिका–३ का २६ वर्षीय दिनेश थापा गम्भीर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । सैनिक जवान सार्कीको उपचारका क्रममा मृत्यु भएको हो ।

थप

काठमाडौं । प्रहरी महानिरीक्षक मातहत रहने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख श्याम ज्ञवालीले संगठनको दुरुपयोग गरेको खुलासा भएसँगै उनीमाथि प्रहरी प्रधान कार्यालयले छानबिनको तयारी थालेको छ । प्रहरी संगठनको दुरुपयोग गरेको र चेन अफ कमाण्डलाई तोडेर अनुचित लाभका लागि काम गरेको भन्दै प्रहरीले उनीमाथि कारवाहीको तयारी गरेको हो । लामिछानेको सत्ता बहिर्गमनपछि प्रहरीले नै अहिले ज्ञवालीमाथि छानविन सुरु गरेको बताइन्छ । ज्ञवालीले अनुसन्धानमा बदनियत राखेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईको नेतृत्वमा छानबिन गरेको प्रहरी स्रोतले जनाएको छ । प्रहरी महानिरीक्षक (आइजीपी) बन्ने लोभमा संगठनको चेन अफ कमाण्डलाई ध्वस्त पार्न खोज्नुका साथै राजनीतिक शक्तिको आडमा ज्ञवालीले पदको…

थप

काठमाडौं । झापामा तीन दिनअघि लागुऔषधसहित पक्राउ परेका एक थुनुवाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टामा रहेका थुनुवा झकबहादुर खड्काको मृत्यु भएको हो । बिरामी भएर धुलावारीको आम्दा अस्पतालमा भर्ना गरिएका मेचीनगर ७ का २८ वर्षीय खड्काको त्यही मृत्यु भएको हो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ । साउन १३ गते बिहान ९ः४५ बजे मेचीनगर नगरपालिका-६ पुरानो मेची पुलमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका खड्कालाई शंका लागेर चेकजाँच गर्दा प्लाष्टिकले पोका पारेर बाँया हातको हत्केलामा मुठ्ठी पारी लुकाई राखेको ५ ग्राम ५७०…

थप

काठमाडौं । नेपाल प्रहरीका १३ जना प्रहरी सहायक निरीक्षक (असई) नायव निरीक्षक (सई) मा बढुवा भएका छन् । प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार प्राविधिक प्रहरी समूहका १३ जना प्रहरी सहायक निरीक्षक (असई) लाई नायव निरीक्षक (सई) मा बढुवा गरिएको हो । साथै उनीहरुको पदस्थापन पनि गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनीहरुलाई प्रचलित नियमानुसार तलव, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको बताइएको छ । साथै आवश्यक कारवाही गर्न गराउन एवं दर्ज्यानी चिन्हद्वारा सुशोभन गराउन हुन समेत सम्बन्धित कार्यालयहरुलाई निर्देशन दिइएको छ ।

थप