काठमाडौं । गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाको तयारी थालेको छ । पुस १६ गतेभित्र २ एआइजीले अवकाश पाउने भएपछि गृहमन्त्रालयले बढुवाको तयारी थालेको हो ।
बढुवाको दौडमा दुई टोलीको गरेर पाँचजना प्रहरी नायब महानिरीक्षक डीआइजीहरू एआइजी बढुवाको दौडमा छन् ।बढुवाको दौडमा कुबेर कडायत, रविन्द्र केसी, चन्द्रकुवेर खापुङ, जनक भट्टराई र लालमणि आचार्य छन् ।
जसमध्ये कडायत, केसी र भट्टराई हालका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरका ब्याजी हुन् भने खापुङ र आचार्य हालका एआइजी दीपक थापाका ब्याजी हुन् ।
यी पाँच डिआइजीमध्ये कडायत र भट्टराईको सम्भावना बढीरहेको गृहस्रोत बताउँछ । कडायत प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत छन् भने भट्टराई कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख छन् ।
हालसम्म आइजी कुँवरका अधिकाश ब्याचमेटहरु पद रिक्त हुनासाथ एआइजी बढुवामा सिफारिस भएका छन् । तर अब आइजी कुँवरका ब्याचीहरु तिनजना डिआइजी छन् ।
आगामी चैतसम्म २ वटा एआइजी पद रिक्त हुने भएकाले जसमध्ये एकजना डिआइजी एआइजी हुनबाट बन्चित हुनेछन् । अहिलेकै प्रहरी नियमावलीअनुसार आउँदो चैतमा आइजीपी कुँवरको ब्याचमेट सेवाअवधीका कारण अनिवार्य अवकाशमा जान्छन् ।
