काठमाडौं । भैंसेपाटी हनिट्र्याप प्रकरणमा संलग्न प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनु कुमारी शाही पाँच लाख धरौटीमा रिहा भएकी छन् ।
आइतबार बयानका निम्ति उनी आफैं ललितपुर जिल्ला अदालत गएकी थिइन् । बयान नसकिएपछि जिल्ला प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो ।
सोमबार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले उनलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
तत्कालिन भैंसेपाटी प्रभागकी प्रमुख समेत रहेकी शाहीकै मिलेमतोमा एक व्यवसायीलाई हनी ट्र्यापमा फसाएर २० लाख रुपैयाँ असुलेको भन्दै उनीविरुद्ध पनि सिआईबीले मुद्दा दायर गरेको थियो ।
प्रभागबाट निलम्बन गरेर छानबिन सुरु भएपछि उनी भने सम्पर्कविहीन भएकी थिइन् ।
Facebook Comments Box
