Author: Scoop Khabar

काठमाडौं । पश्चिम नवलपरासी अमलटारीस्थित गोरखनाथ गणमा कार्यरत एक सैनिकले आफैलाई गोली हानेर आत्महत्या गरेका छन् । २२ वर्षका सैनिक जवान सुदीप मिजारले शनिबार दिउँसो आफ्नो घाँटीमा गोली हानेर आत्महत्या गरेको नवलपरासी प्रहरीले जनाएको छ । उनी धादिङको गल्छी गाउँपालिका–४ निवासी हुन् । अमलटारी सेक्टरअन्तर्गत उनी चितवनको बाँदरभुला पोस्टमा कार्यरत थिए । आत्महत्याको कारण भने खुलेको छैन ।

थप

काठमाडौं । छोटो समयमा जिल्लाको शान्ति सुरक्षामा उल्लेखिय परिवर्तन ल्याएको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक (एसपी) गोविन्दराज काफ्लेलाई सम्मान गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले मातहत कार्यालयका कर्मचारीको कार्य मुल्याकंन गर्दै काफ्लेलाई सम्मान गरेको हो । आफूलाई सुम्पीएको जिम्मेवारीलाई उच्च प्राथमीकता दिई इमान्दारिताकासाथ व्यवसायीक एवं कर्तव्यनिष्ठ तवरले कुशलतापूर्वक कार्य सम्पादन गरेकाले एसपी काफ्लेलाई सम्मान गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका कार्यालय प्रमुख डिआईजी बिष्णुकुमार केसीले बताए । एसपी काफ्लेसँगै जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख शान्तिराज कोइराला पनि सम्मानित भएका छन् । जिल्लाको चोरीतस्करी, लागुऔषध नियन्त्रण तथा जिल्लाको शान्ति सुरक्षामा चमत्कारी भुमिका खेलेको भन्दै एसपी कोइरालालाई सम्मान…

थप

वीरगन्ज । पर्सा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जना महिलालाई पक्राउ गरको छ। पक्राउ पर्नेमा पर्सा जिल्ला ठोरी गाऊपालिका वडा नम्बर २ सुन्दर बस्ती टोल बस्ने बर्ष ३० को अनिता गौरी रहेका छिन्। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलको अनुसार गौरीको घरमा लागुऔषध रहेको प्रहरीले सूचना पाएपछि उनको घरमा ईलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले खानतलासी गरेको हि । कानुनी रितपुर्‍याइ खानतलासी गर्दा उक्त कोठामा रहेको बक्स पलङ्गभित्र लुकाइ छिपाइ राखिएको लागु औषध गाँजा ५० केजी बरामद गरेको उनले बताए । पक्राउ परेकी गौरीलाई लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट दिन-५ दिन थप म्यादको अनुमति लिई…

थप

तेह्रथुम । तेह्रथुमको आठराईमा एक नवजात शिशु (छोरी) को शव शौचालयको सेप्टी ट्यांकीमा फ्याँकेको अवस्थामा फेला परेको छ । नवजात शिशुको शव बोरामा राखेर सेप्टी ट्यांकीमा फालिएको अवस्थामा शुक्रबार फेला परेको हो । औपचारिक रुपमा विवाह नगरेका तर सँगै बस्दै आएका एक जोडीले बच्चा जन्माएर शौचालयको सेप्टी ट्यांकीमा फालेको आशंका गरिएको छ । सोही आधारमा आठराई गाउँपालिकामा– ७ थोक्लुङ भालुखोपका नगेन्द्र श्रेष्ठ र मनिता लिम्बूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आठराईले जनाएको छ । अनुसन्धानका क्रममा उनीहरूले मरेको बच्चा जन्मिएकाले फालेको बयान दिएको बताइएको छ ।

थप

कृष्ण यादव वीरगन्ज । यातायात कार्यालय वीरगन्जमा पैसा लिदै लाइसेन्स वितरण गर्ने गरेको रहस्य खुलेको छ । सवारी चालक पत्र बनाउनको लागि आएका सेवाग्राहीसँग बिचौलीयाहरुले मोटो रकम लिएर मात्रै लाइसेन्स दिदै आएका छन् । यातायात कार्यालयका प्रमुख कमलराज गौतम कार्यालयभित्र करारका कर्मचारी र बिचौलियाहरु प्रयोग गरि अवैध रुपले लिखित र ट्रायल परिक्षाको भिडियो इडिटिङ गरि ठुलो रकम लिई पास गराउने गरेको स्रोतले जनाएको छ । यातायात कार्यालय पर्साका प्रमुख गौतमले परिचालन गरेका बिचौलियाहरुले सेवाग्राहीसँग छिटो भन्दा छिटो लाइसेन्स बनाईदिन्छु भन्दै हजारौ रुपैयाँ लिने गरेको सेवाग्राहीहरु बताउँछन् । त्यसरी उठाएको रकम गौतमलाई बुझाई नयाँ लाइसेन्स दिने गरेको स्रोतको दाबी छ ।…

थप

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै झरना गेष्ट हाउसमा महिला र पुरुष मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका–९ स्थित शम्भुमार्गमा रहेको झरना गेष्ट हाउसमा दुई जनाको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । बाजुराको त्रिवेणी नगरपालिका–४ घर भएका २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षीया करिष्मा सार्की मृत फेला परेका हुन् । साउन १५ मा उनीहरू सो गेस्ट हाउसमा गएका थिए । शुक्रवार मध्यान्ह खान खानेबारे बुझ्न गेस्ट हाउसका स्टाफ जाँदा ढोका नखुलेपछि होटेल सञ्चालकले प्रहरीलाई खबर गरेका हुन् । करिष्माको घाँटीमा चोट देखिएको छ । भरत पङ्खामा डोरीले पासो लगाएर झुन्डिएको अवस्थामा…

थप

काठमाडौँ । काठमाडौँ उपत्यकामा यान्त्रिक अवस्था ठीक नराखी गाडी चलाउने क्रम अझै रोकिएको छैन । ट्राफिक प्रहरीले विशेष जाँच अभियान सञ्चालन गरी यान्त्रिक अवस्था ठीक नभएका गाडी चलाउनेलाई कारबाही गर्दै आए पनि यो क्रम नरोकिएको पाइएको हो । शुक्रबार मात्रै उपत्यकाको सातदोबाटोमा गरिएको सवारीसाधन विशेष जाँचका क्रममा अवस्था ठीक नभएका सवारीसाधन चलाउने ४२ जनालाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक विश्वराज खड्काले ६८ वटा सवारीसाधन जाँच गर्दा हेण्डब्रेक नलाग्ने, लाइटहरू दुरुस्त नभएका, टायर धेरै घिस्रिएकालगायत यान्त्रिक अवस्था ठीक नभएका ४२ वटा सवारीसाधन फेला पारेकाले उनीहरूलाई कारबाही गरिएको जानकारी दिए । लागुपदार्थ सेवन…

थप

काठमाडौं । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को निर्वाचन मिति नजिकिँदै जाँदा नेपाली कांग्रेस र नेकपा एमालेनिकट पर्यटन व्यवसायीहरुले २ वर्षअघि गरेको सहमतिपत्र बाहिरिएको छ । स्कुपखबरलाई प्राप्त सहमतिपत्रमा २०२२ देखि २०२४ सम्म टानको नेतृत्व कांग्रेसनिकट नेपाल पर्यटन व्यवसायी संघ (निट)ले गर्ने र २०२४ देखि २०२६ सम्म एमालेनिकट नेपाल राष्टिय पर्यटन व्यवसायीले गर्ने उल्लेख छ । सोहीअनुरुप २०२२ को निर्वाचनमा कांग्रेसनिकट व्यवसायी निलहरि बास्तोला टानको अध्यक्षमा निर्वाचित भए । त्यसैले अहिले एमालेले टानको नेतृत्व पाउनुपर्ने अडान राखेको छ । ल्याण्डमार्क होटलमा २०७९ साउन २२ गते गरिएको सहमतिमा २०२२ को चुनावमा पदाधिकारी बाँडफाँड समेत गरेका छन् । जुन कुरा तलको…

थप

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलि गरि भित्राएको विभिन्न किसिमको सामानहरु बरामद गरेको छ । वीरगन्जको विभिन्न क्षेत्रहरुबाट अवैधरुपले भित्राएको मेसिनरी पार्ट पुर्जा र लत्ताकपडाहरु पक्राउ गरेको हो । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साको मातहतहरुबाट खटिएको प्रहरी टोलीहरुले चोरी छलि पैठारी गरि ल्याएको मेसिनरी पार्ट पुर्जा र लत्ताकपडाहरु करिब ८० लाख रुपैयाँ बराबरको सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कुमोद ढुंगेलले बताए । बरामद सामानहरु आवश्यक कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको उनले बताए ।

थप

काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरीको सरुवा सामान्य र नियमित प्रक्रिया भएको बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले राखेको छलफल कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । गृहमन्त्री लेखकले डीआईजी मनोज केसीको दुई महिनामै सरूवा गरिएको विषयलाई बचाउ गर्दै प्रहरी कर्मचारी सरूवा गर्ने निरन्तर चलिरहने प्रक्रिया भएको बताए । गृहमन्त्री लेखकले डीआईजी केसी योग्य भएकै कारणले प्रहरीलाई तालिम दिने ठाउँमा पठाइएको बताए । गृहमन्त्री लेखकले भने,‘जुन पदको सरूवाको कुरो छ- उहाँ अत्यन्त योग्य मानिस हो र योग्यतम ठाउँमा पुग्नु भएको छ । किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नि !…

थप