काठमाडौं । सुनसरीको इटहरीका एक युवकको सोमबार राती ललितपुरमा हत्या भएको छ । ललितपुर महानगरपालिका–९ च्यासलस्थित द टाउन क्याफेमा २३ वर्षीय नयन गुरूङ हत्या भएको हो ।
जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवरत्न पौडेलका अनुसार ३ जना व्यक्तिले कुटपिट तथा चक्कु प्रहार गरी उनको हत्या गरेका हुन् ।
गुरुङको हत्या गरेको आरोपमा रेष्टुरेन्टमै काम गर्ने च्यासलका २६ वर्षीय हेमराज भट्ट, काभ्रेका २२ वर्षीय जनकबहादुर तामाङ र दार्चुलाका ४१ वर्षीय पदमलाल भट्टलाई प्रहरीले पक्राउ गरेको छ ।
एसपी पौडेलका अनुसार घटना बिल तिर्ने विषयलाई लिएर भएको थियो । विवाद सुरू भएपछि चक्कु प्रहारसम्म हुन पुगेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
