काठमाडौं । मोरङमा दुई सन्तानकी आमालाई हातखुट्टा बाँधेर बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने कटहरी गाउँपालिका–२ का १९ वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सोनुकुमार साह र भारतको अररीया कुशाकट्टाका १९ वर्षीय मो गुल्जार छन् ।
उनीहरुमाथि मंगलबार दिउँसो जहदा गाउँपालिका–३ की २३ वर्षीय महिलालाई हातखुट्टा बाँधेर बलात्कार गरेको आरोप छ । घरदेखि करिब २ किलोमिटर टाढा कटहरी गाउँपालिका–२ मा पर्ने खेतको बीचमा रहेको बाँसको झ्याङमा ती महिला अचेत अवस्थामा फेला परेकी थिइन् ।
मुख सलले थुनिएको र हातखुट्टा बाँधेको अवस्थामा स्थानीयले भेटिएपछि प्रहरीलाई खबर गरेका थियो । प्रहरीले उनको उद्धार गरी उपचारका लागि विराटनगर स्थित कोशी अस्पतालमा भर्ना गराएको छ । महिलाको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
उनले प्रहरीलाई बताएअनुसार घरबाट शौच गर्न निस्किएका बेला तीन जनाको समूहले सिटी सफारीमा राखी कटहरी–२ स्थित बाँस झ्याङमा लागेर हातखुट्टा बाँधेर बलात्कार गरेका थिए । उनकै बयानका आधारमा ३ जना पक्राउ परेका हुन् ।
प्रारम्भिक अनुसन्धानमा युवतीमाथि सामूहिक बलात्कार भएको पुष्टि भएको छ। युवती जहदा गाउँपालिका–३ की बासिन्दा हुन् । प्रहरीका अनुसार ऋषिदेव थरकी ती महिलाका दुई सन्तान छन् । श्रीमानसँग सम्बन्ध बिग्रिएपछि उनी माइतमा बस्दै आएकी थिइन् ।
