Author: Scoop Khabar

काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिका-७ स्थित एक केरा बगानमा मृत फेला परेका दुई बालिकाको हत्या उनीहरूकै आमाले गरेको स्वीकार गरेकी छन् । घटनास्थलबाट फरार भएकी २१ वर्षीया अस्मिता पौडेललाई प्रहरीले झापाको बिर्तामोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । कार्यालयका अनुसार, अस्मिता पौडेलले घरायसी विवादका कारण आफ्ना छोरीहरू १ वर्षीया आइङ्का कार्की र ३ वर्षीया अर्पना कार्कीलाई विष सेवन गराई हत्या गरेको स्वीकार गरेकी छन्  ।  धनकुटा पाख्रीबास नगरपालिका-५ घर भएकी अस्मिता, हाल मोरङको सुन्दरहरैचा-७ मा आफ्नो पति अर्जुन कार्कीसँग बस्दै आएकी थिइन् । छोरी लिएर शुक्रवारदेखि सम्पर्कविहीन रहेकीमा शनिबार छोरीहरु मृत फेला परेपनी अस्मिता सम्पर्कमा आएकी थिइनन।…

थप

वीरगन्ज । नेपाल प्रहरीका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र खड्का र सशस्त्र प्रहरीका एसपी सन्तोष सिंहले बारा जिल्लाको कमाण्ड सम्हालेपछि झन जिल्लाको विभिन्न नाकाबाट खुलेयाम तस्करी हुने गरेको पाइएको छ । बारा जिल्लाको विभिन्न सीमावर्ती क्षेत्रबाट खुलेयाम तस्करी भइरहेको पाइएको हो ।राजस्व चुहावट नियन्त्रणका लागि खटिने सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सादा पोशाकमा खट्ने क्राइम टोलीका प्रहरीहरुको संरक्षणमा नै अहिले सीमावर्ती क्षेत्रबाट विभिन्न सामानहरुको खुलेयाम तस्करी भइरहेको हो । बाराको बलिरामपुर, मुसहार्वा, छतवा, कल्याणपुर, मटिआर्वा, बसन्तपुर, आम्वा, सिम्रनगढ, कचोर्व र हरनैया नाकाको आसपासका चोर नाकाहरुबाट ठुलो मात्रामा तस्करी हुने गरेको बताइन्छ । सबैभन्दा बढी प्रहरी प्रशासनलाई आर्थिक लाभ हुने नाका मटिआर्वा, बलिरामपुर,…

थप

लमजुङ । बाल यौन दुराचार गरेको आरोपमा प्रहरीले एकजना शिक्षकलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ । भारतको दार्जीलिङ घर भई २ वर्षदेखि लमजुङको बेंसीसहर नगरपालिकास्थित एक निजी विद्यालयमा पढाउँदै आएका ३६ वर्षीय मनीष गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार गुरुङविरुद्ध ९ वर्षीया बालिकालाई यौन दुराचार आरोपमा पक्राउ गरी मुद्दा अघि बढाएको छ । गुरुङलाई बुधबार जिल्ला अदालतमा ७ दिनको म्याद थप गरी कारबाही प्रक्रिया अघि बढाएको हो । प्रहरीका अनुसार ती शिक्षकले सोमबार बिहान आफ्नै कोठामा बोलाएर ती बालिकामाथि यौन दुराचार गरेको आरोप लागेको छ । ‘बालिका पढ्न कमजोर भएको…

थप

काठमाडौं । पेरिस पारालिम्पिककी ऐतिहासिक पदक विजेता तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई नगर परिक्रमा गराइएको छ । त्रिभुवन विमानस्थलको भीआईपी कक्षबाटै उनीसहित नेपाली टोलीलाई नगर परिक्रमा गराइएको हो । परिक्रमा एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, शहीदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुगेर टुंगिएको थियो । पेरिसमा भएको पारालिम्पिक्समा के ४४ क्याटगोरी अन्तरगत महिला ५७ केजीमुनि प्रतिस्पर्धा गरेकी पलेशाले कांस्य पदक जितेकी थिइन् ।पलेसासँगै पारा तेक्वान्दो खेलाडी भरतसिंह महता, प्रशिक्षक कविराज नेगी लामा र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठ पनि बुधबार स्वदेश फर्किंएका छन् ।

थप

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय देशमा भाँडभैलो मच्चाउने खेलमा लागेको आरोप लगाएका छन् । एमालेको केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको पोलिटब्यूरो बैठक उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले प्रचण्डको भूमिका सही नभएको टिप्पणी गरे । प्रधानमन्त्री ओलीले भने, ‘सत्ताबाट हटेपछि प्रचण्डको काम असन्तुष्ट मान्छे उचाल्ने, परिस्थित भड्काउने देखिएको छ।’प्रधानमन्त्री ओलीले ११ भदौमा प्रतिनिधिसभा बैठकमा प्रचण्डले गरेको सम्बोधन अराजकता निम्त्याउने खालको रहेको बताए । प्रधानमन्त्री ओलीले गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा भएको नाराबाजीबारे जानकारी गराउँदै समाजमा बढेको अराजकताको ब्रिफिङ गरेका थिए । उनले प्रचण्ड देशमा भाँडभैलो मच्चाउने खेलमा…

थप

काठमाडौं । अमेरिकाको मेरिल्यान्डमा नेपाली युवतीको हत्या भएको एक हप्तामै अर्का नेपाली युवक पनि मृत भेटिएका छन् । पर्वत घर भई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएका हुन् । गत अगस्त २७ (मंगलबार) उनी मृत फेला परेका हुन् । गणित शिक्षक रहेका प्रधान सन् २०१५ मा अमेरिका पुगेका थिए । उनी सन् २०२२ मा मेरिल्याण्ड ब्यापार गर्न पुगेका थिए । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् । उनको शव नेपाल फर्काउने तयारी गरिएको बताइएको छ । उनको मृत्युको कारण पत्ता नलागेको मेरिल्याण्डवासी प्रविन भण्डारीले बताए । उनको शव नेपाल पठाउन कागजी…

थप

इटहरी । मोरङको सुन्दरहरैंचास्थित केरा बगानमा मृत भेटिएका दुई नाबालिकाकी आमा अझै बेपत्ता छिन् । उनको खोजी कार्य तीव्र पारिए पनि अझै पत्ता लाग्न नसकिरहेको प्रहरीले जनाएको छ । बालिका मृत भेटिएकै दिनदेखि २९ वर्षीया आमा अस्मिता न्यौपाने बेपत्ता छिन् । सुन्दरहरैंचाका सयौंको संख्यामा स्थानीयको सहयोगमा नजिकैको चारकोसे जंगलमा उनको खोजी गरिएको छ । तर, उनको केही पत्तो नलागेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार, अस्मिताले बोक्ने गरेको मोबाइल ‘स्वीच अफ’ भएकाले ‘ट्रयाकिङ’ गर्न समेत कठिनाइ भएको छ । सुन्दरहरैंचा नगरपालिका–७ स्थित केरा बगानभित्र शनिबार दुई बालिका मृत फेला परेका थिए । धनकुटाको पाख्रिबास नगरपालिका–४, डिकुरे घर भई सुन्दरहरैंचा–७…

थप

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबारदेखि ‘पिपल्स लाइब्रेरी’ सञ्चालनमा आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका धर्मपत्नी राधिका शाक्यको अग्रसरतामा राष्ट्रिय पुस्तकालय दिवसका सन्दर्भमा पुस्तकालय सञ्चालनमा आएको हो । ‘पिपुल्स लाइब्रेरी’ मा लेखक र पाठकले आफूलाई मन परेका सकारात्मक सन्देशयुक्त कृति हस्ताक्षरसहित हस्तान्तरण गर्न शाक्यले दुई साताअघि सार्वजनिक आह्वान गरेकी थिइन् । उनको आह्वान अनुसार पुस्तक उपहार दिने क्रम जारी रहेको छ । प्रधानमन्त्री निवासको पुनः निर्माणका क्रममा पुस्तकालय कक्षाको संरचना भए पनि हालसम्म पुस्तक सङ्कलन तथा प्रयोग भएको थिएन । पुस्तकालय आरम्भका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमती शाक्यको पहललाई धन्यवाद दिए । पुस्तकालयलाई औपचारिक रुपमा थालनी गर्ने…

थप

काठमाडौं । ‘देशैभरी बर्षै भरी’ उद्यमी केन्द्रित वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेकोमा साना उद्यमीहरुलाई वित्तिय सबलता प्रदान गर्ने हेतुले क्युआर कारोबारकै धितोमा क्युआर मर्चेन्ट फोनलोन सुविधा संचालन गरिहेको छ । यस योजना अन्र्तगत उद्यमीहरुले आफ्ना नजिक रहेका कुमारी बैंकका शाखाहरुमा आफ्ना ब्यावसायको खाता खोली क्युआर मार्फत प्रतिहप्ता कम्तिमा दुई ब्यावसायिक कारोबारहरु लगातार ४ हप्ता भई मासिक कम्तिमा दशहजार रुपैया बराबरको कारोबार उक्त बैंक खातामा हुदा उद्यमीहरुले दुईलाख सम्मको कर्जा कुनै पनि कागजात वा धितो बिनानै कुमारी बैंकको मोवाइल बैकिङ एप प्रयोग गरि सहजै लिन सक्ने छन् । यसरी लिएको कर्जाको भुक्तानीको तरिका समेत उक्त एप मार्फतनै गर्न सकिने भएकोले ब्यावसायिहरु…

थप

एजेन्सी । भारतको बैंलोरमा प्रशिक्षार्थी डाक्टरको बलात्कार र हत्याका अभियुक्त भनिएका सञ्जय रोयले घटनाबारे नयाँ खुलासा गरेका छन् । टाइम्स अफ इन्डियाका अनुसार पोलिग्राफ टेस्टमा उनले सीबीआईलाई अगस्ट ८ को राति सेमिनार कोठामा गल्तीवश प्रवेश गरेको र आफु पुग्दा डाक्टरको शव त्यहाँ देखेको बताएका हुन् । अभियुक्त सञ्जयका अनुसार एक जना बिरामीको अवस्था नाजुक थियो । उनलाई अक्सिजन चाहिएको थियो । त्यही भएर उनले डाक्टरलाई खोजिरहेका थिए । यसैबीच आफू तेस्रो तल्लाको सेमिनार कोठामा पुगेको रोयको भनाई छ । उनका अनुसार प्रशिक्षार्थी डाक्टरको शव त्यहीँ थियो । उनले डाक्टरको शरीरलाई हल्लाए, तर कुनै चाल थिएन । जसका कारण आफू डराएको…

थप