काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागमा कार्यरत केसीले शुक्रबार राजीनामा दिएको गृह मन्त्रालय स्रोतले बतायो।
उनलाई पुस २६ गते बसेको मन्त्रिपरिषद बैठकले एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। सेवा अवधि आगामी चैत ५ गतेसम्म रहे पनि केसीले ४० दिनअघि पहिले नै राजीनामा दिएका हुन्।
अब बस्ने मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गर्नेछ। केसीको राजीनामा स्वीकृत भएसँगै डीआईजी जनक भट्टराई एआईजीमा बढुवा हुने भएका छन्।
भट्टराई कर्णाली प्रदेशको प्रहरी प्रमुख छन्।
Facebook Comments Box
