काठमाडौं । काठमाडौँको चाबहिलस्थित कुमारीगालमा एक जना युवकको हत्या भएको छ । सोमबार बिहान दुई समूहबिच झगडा हुँदा काभ्रे घर भएका २२ वर्षीय अमृत कार्कीले ज्यान गुमाएका छन् ।
छुरा हानेर उनको हत्या गरिएको प्रहरी वृत्त गौशालाले जनाएको छ । हत्यामा संलग्न आरोपमा ३ जना पक्राउ परेका छन् । तर, पक्राउ परेकाहरुको पहिचान भने खुलाइएको छैन ।
घटनालाई गोप्य राखेर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको छ । घटनाबारे प्रहरीले भोलि पत्रकार सम्मेलन गरेर जानकारी दिने तयारी गरेको छ ।
Facebook Comments Box
