Author: Scoop Khabar

काठमाडौं । दशैंका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै असोज १३ गतेदेखि २२ गतेसम्म सुकिला नोट साट्न सकिने जानकारी गराएको हो । नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र बैंकिङ विभागबाट नोट साट्न सकिनेछ । राष्ट्र बैंकको प्रदेशस्थित कार्यालय जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्त्र र धनगढीबाट नोट सटहीको सुविधा लिन सकिने बैंकले जनाएको छ । साथै, इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाटसमेत नोट सटही गर्न सकिनेछ । हरेक वर्ष दसैंका लागि नयाँ नोट बाँड्दै आएको नेपाल राष्ट्र बैंकले यसपटक सुकिला नोट मात्र दिने भएको छ ।

थप

काठमाडौं । सानिमा बैंकका ग्राहकले काठमाडौंको दूसित प्रिन्सेस होटलमा आकर्षक छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न दूसित प्रिन्सेस काठमाडौंमा छुटको व्यवस्था गरेको हो । उक्त व्यवस्थाअन्तर्गत बैंकका ग्राहकले भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ(क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा रिसोर्टका सम्पुर्ण खानालगायतका सेवाहरुमा १५ प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन् ।

थप

काठमाडौं । क्यानडा र इटाली पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पा घर भई काठमाडौंको कलंकी बस्ने २९ वर्षीय रणबहादुर घर्ती र डडेल्धुरा भई काठमाडौंको अनामनगर बस्ने ३४ वर्षीय कर्णसिंह साउद रहेका छन्। पक्राउमध्ये रणबहादुरले क्यानडा पठाइदिन्छु भन्दै ८ जनाबाट १ करोड ६५ लाख रूपैयाँ लिएका थिए । कर्णसिंहले भने इटाली पठाइदिन्छु भन्दै ८ जना पीडितबाट ९ लाख रूपैयाँ लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले रणबहादुरलाई काठमाडौं बनस्थलीबाट र कर्णसिंहलाई बागबजारबाट पक्राउ…

थप

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका तीनजना नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरेको छ । यज्ञबिनोद पोखरेल, लालमणि आचार्य र राजेश बाँस्तोलाको सरुवा भएको हो । मधेस प्रदेशमा कार्यरत डीआईजी पोखरेलको प्रदेश समन्वय विभागमा सरुवा भएको छ । मधेस प्रदेशमा आचार्यको सरुवा भएको छ । उनी नेपाल प्रहरी शिक्षालय, भरतपुरमा कार्यरत थिए । यस्तै प्रहरी शिक्षालय भरतपुरमा प्रहरी प्रधान कार्यालयमा कार्यरत बाँस्तोलालाई खटाइएको छ ।

थप

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले महानगरभित्रका सामुदायिक शिक्षकहरुको तलब अबदेखि सोझै शिक्षकहरुकै व्यक्तिगत खातामा जाने प्रबन्ध मिलाएको छ । विगतमा विद्यालयमा पठाएर तलब बुझ्दै आएका शिक्षकहरुले अबदेखि भने आफ्नै खातामा मासिक रुपमा तलब बुझ्ने भएका हुन् । महानगरपालिकाले बुधबार सूचना निकाल्दै महानगरभित्रका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरुलाई आफ्नो तलबी खाता खोलेर विवरण तत्काल उपलब्ध गराउन आह्वान गरेको छ । सूचनामा भनिएको छ, ‘महानगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयका शिक्षक, कर्मचारी तथा बालविकास सहजकर्ताहरुको तलब निजहरुकै व्यक्तिगत खातामा पठाउने निर्णयअनुसार सबैले नबिल बैंकमा खाता खोली विद्यालयगत रुपमा संकलन गरी आउँदो सोमबारभित्र आर्थिक प्रशासन महाशाखा (शिक्षा) मा बुझाउन अनुरोध छ ।’…

थप

काठमाडौं । गृहसचिव गोकर्णमणि दुवाडीले आज नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका छन् । प्रहरी प्रधान कार्यालयमा उनलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसहित उच्च प्रहरी अधिकारीले स्वागत गरे । सो क्रममा गृहसचिव दुवाडीले त्यहाँस्थित सङ्ग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गरे । गृहसचिव दुवाडीसमक्ष प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८०, प्रहरी कर्मचारीको सरुवासम्बन्धी मापदण्ड २०७९ (प्रथम संशोधन,२०८०), आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन कार्ययोजना २०८१, लागुऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना २०८०र८१, नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाको सङ्ग्रह भाग–१ सम्बन्धी पुस्तक प्रदान गरेका छन् । त्यस अवसरमा गृहसचिव दुवाडीले विभिन्न समस्या, सीमितता र चुनौतीका बाबजुद नेपाल प्रहरीले…

थप

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रियसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ४० अर्ब प्रशोचन गर्न लागेको हो । २१ दिनका लागि प्रशोचन गर्न लागिएको तरलताका लागि आज नै सार्वजनिक बोलकबोल हुने र आज नै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप संकलन बोलकबोलमा भाग लिन दिउँसो ३ बजेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । पछिल्लो समय कर्जा मागमा संकुचन आउँदा बैंक तथा वित्त संस्थामा ७ खर्ब हाराहारी लगानी योग्य पुँजी (तरलता) थुप्रिन पुगेको छ । केन्द्रीय बैंकको पछिल्लो रिपोर्ट अनुसार भदौ…

थप

काठमाडौं । बाराको निजगढ नगरपालिका–९, भमरा टोलमा मंगलबार राती ४५ वर्षीय बिमलकुमार बस्नेतले श्रीमती ४० वर्षीया लक्ष्मी राई (सिता) को हत्या गरेका छन् । खुर्पाले पटक–पटक हात, खुट्टा र घाँटीमा प्रहार गर्दा लक्ष्मी घाइते भएकी थिइन् । उनको उपचारका क्रममा राति सवा ८ बजे मृत्यु भएको हो । आमा र बुबाको झगडामा छुट्याउन गएका छोरीहरु पनि घाइते भएका छन् । १८ वर्षीया गंगा राई र १५ वर्षीया जमुना राईको बायाँ हातमा चोट लागेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । उनीहरुको सामुदायिक प्रसुती गृह अस्पताल निजगढमा प्राथमिक उपचारपछि वीरगञ्जको नेशनल मेडिकल कलेजमा थप उपचार भएको थियो । दुई मध्ये जमुनाको…

थप

काठमाडौँ । गृह मन्त्रालयले ५ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेको छ । काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्यलाई सरुवा गरिएको छ । काठमाडौँमा कार्यरत जितेन्द्र बस्नेत गृह मन्त्रालयमा सरुवा भएका छन् । आचार्य यसअघि कारागार व्यवस्थापन विभागको महानिर्देशक थिए । सिन्धुपाल्चोकमा किरण थापा, सिन्धुलीमा लिलाप्रसाद शर्मा र प्यूठानमा रमा आचार्य सुवेदीलाई प्रजीअको जिम्मेवारी दिइएको गृह मन्त्रालयमा सह सचिव छवि रिजालले बताए । अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी बाबुराम अर्यालले पाएका छन् ।

थप

यतिबेला प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बहालवाला प्रहरी कर्मचारीहरुलाई नेता भेट्न रोक लगाएको विषय चर्चामा छ । जसकारण प्रहरी संगठनभित्र सरुवा–बढुवामा अत्याधिक चलखेल बढेको बुझ्न सकिन्छ । अफिसियल काम बाहेकको अवस्थामा नेतालाई भेटे विभागीय कारबाही हुने भन्दै प्रहरी प्रधान कार्यालयले परिपत्र नै गरेको छ । राजनीतिक व्यक्तित्वसँग मात्रै नजिकिएर कुनै पनि प्रहरीले सरुवा-बढुवा नहुने उल्लेख गर्दै कुँवरले त्यस्ता व्यक्तिहरूको रेकर्ड राख्ने चेतावनी दिएका छन् । प्रहरी उपरीक्षकसम्मको सरुवा-बढुवाको अधिकार महानिरीक्षकलाई छ । तर, चौतर्फी दबाबका कारण समय पुग्दासमेत प्रहरी महानिरीक्षक कुँवरले प्रहरी उपरीक्षक र प्रहरी नायब उपरीक्षकहरुको सरुवा गर्न सकिरहेका छैनन् । त्यसैले उनले नेता भेट्न रोक लगाएका हुन् ।…

थप