काठमाडौं । क्रिप्टो करेन्सी कारोबारीलाई लुटपाट गरेको आरोपमा ६ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले क्रिप्टोको कारोबार गरेको आरोपमा एक जना र उनलाई लुटपाट गरेको आरोपमा तीन प्रहरीसहित ६ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सशस्त्र प्रहरी हलवदार राजेन्द्रबहादुर केसी, प्रहरी सहायक हवलदार खगेन्द्र मल्ल ठकुरी र प्रहरी जवान हिरा मंग्राती रहेका छन् ।त्यस्तै मोरङका कपिल बस्नेत, दोलखाका संजोक तामाङ र मोरङका मनिष कुमार राय रहेका छन् ।
पक्राउ परेका व्यक्तिको साथबाट प्रहरीले १२ लाख १० हजार रुपैयाँ ६ थान मोवाइल र एउटा गाडी पनि बरामद गरेको छ ।
प्रहरीका दुई जना प्रहरी वृत्त वानेश्वरमा कार्यरत थिए । उनीहरुलाई डीएसपी वीरेन्द्र गोदारले सादा पोशाकमा खटाउँदै आएका थिए ।
सशस्त्र प्रहरीका हवल्दार केसी पनि सादा पोशाकमै खटिदै आएका थिए ।सशस्त्र प्रहरीको सिनामंगल गणमा कार्यरत थिए ।
उनलाई पनि गणका एसपीले खटाएका थिए ।
