काठमाडौं । प्रहरी प्रधान कार्यालयले पाँच जना प्रहरी नायब उपरीक्षक (डिएसपी) हरुको काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले दिएको जानकारी अनुसार जिल्ला प्रहरी कार्यालय लमजुङमा डिएसपी रेशम बोहराको काज सरुवा भएको छ ।
त्यसैगरी लमजुङमा कार्यरत निशान्त श्रीवास्तवको नेपाल प्रहरी प्रधान कार्यलय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा सरुवा भएको छ ।
यस्तै इलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीमा माधव प्रसाद काफ्लेको काज सरुवा भएको छ भने त्यहाँ कार्यरत महेन्द्र नेपालको नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा सरुवा भएको छ ।
यसैगरी डिएसपी वीर दत्त पन्तको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा सरुवा भएको छ । यसअघि नवलपरासीमा रेशम बोहरा कार्यरत थिए ।
Facebook Comments Box
