Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले लागुऔषध दुर्व्यसनसँग लड्न एकीकृत ढङ्गबाट अघि बढ्नुपर्नेमा जोड दिएका छन् । उनले लागुऔषध दुर्व्यसन नियन्त्रण गर्ने उद्देश्यले स्थापना भएको आसरा सुधार केन्द्रले दुर्व्यसनीलाई समाजमा पुनःस्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले सामाजिक सुधार र सकारात्मक परिवर्तनका लागि केन्द्रले गरेको योगदानको चर्चा गर्दै लागुऔषध प्रयोगकर्तालाई परामर्श, उपचार र पुनःस्थापनाका माध्यमबाट नयाँ जीवन प्रदान गरेको बताए । त्यस अवसरमा महानिरीक्षक कुँवरले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौँ उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज तथा केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पुर्याउने प्रहरी कर्मचारीलाई प्रशंसापत्र र…
काठमाडौं । डिजिटल वालेट माईपेले दशैं, तिहार र छठलाई मध्यनजर गर्दै ‘माईपे मेला : चाडवाडको बहार, माईपेमा उपहारै उपहार’ अफर सार्वजनिक गरेको छ । युवाहरूलाई डिजिटल कारोबारप्रति आकर्षित गर्न माईपले यसपटक चाडपर्वलाई लक्षित गरी विभिन्न आकर्षक उपहारहरू दिने घोषणा गरेको जनाएको छ । असोज १ गतेदेखि मंसिर ३० सम्म चल्ने यस मेलामा माईपे प्रयोगकर्ताहरुले दैनिक, साप्ताहिक, मेगा र बम्पर पुरस्कारहरु जित्न सक्नेछन् । माईपबाट कुनै पनि कारोबार गर्दा बम्पर उपहारमा माईपे प्रयोगकर्ताले स्कुटर जित्न सक्नेछन् । मेगा पुरस्कारमा २ जना विजेताहरुले आइफोन १६ र २ जनाले हिराको औंठी जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक पुरस्कारमा हरेक हप्ता एयरबड,स्मार्ट वाच, एनालग वाच,…
काठमाडौं । बर्जर पेन्ट्स नेपालले मिस नेपाल वल्र्ड २०२४ आश्मा केसीका साथ चाडपर्व उत्सव अभियान ‘बर्जर नगद उत्सव’को घोषणा गरेको छ। बर्जर पेन्ट्सको ४० लिटर खरिद गरी ग्राहकले यस योजनामा सहभागी भई १ लाखसम्मको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् । बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजेर राजीव रोयले भने, ‘चाडपर्व भनेको परिवारलाई एकैठाउँमा ल्याउने समय हो र बर्जर पेन्ट्सले सुन्दर तरिकाले घर रङ्ग्याउनुजस्तो चाडपर्व मनाउने राम्रो तरिका अर्को हुँदैन । यस अभियानमार्फत हामी हाम्रा ग्राहकहरूलाई उत्कृष्ट उत्पादनहरूको साथै आकर्षक नगद पुरस्कार जित्ने मौका पनि दिन चाहन्छौं । हामीलाई विश्वास छ कि चाडपर्वलाई अझ विशेष बनाउँदैै यस अभियान नेपालभरका परिवारमाझ रौनक बनेर…
विराटनगर । प्रहरीले विराटनगरमा दुई वटा गाडीबाट १८९ किलो गाँजा बरामद गरेको छ । प्रहरीले दुवै गाडीमा सवार ४ जनालाई पनि नियन्त्रणमा लिएको छ सोमबार राति विराटनगर महानगरपालिका–१७ मण्टापोखरी चोकमा । भारतको जोगवनीतिर जाँदै गरेको को २ च ७५९ नम्बरको स्कोरपिओबाट सोमबार राति १४६ किलो गाँजा र सोमबार बिहान विराटनगर महानगरपालिका–१५ मा कारभित्र ४३ किलोग्राम गाँजा बरामद गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीले विराटनगर महानगरपालिका–१७ मण्टापोखरीबाट स्कारपिओलाई प्रहरीले राति ८:४५ बजेतिर नियन्त्रणमा लिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । ६ वटा बोराभित्र प्याक गरेर गाडीको पछाडिको साइडमा लुकाइ राखिएको अवस्थामा गाँजा फेला…
समाजमा शान्तिसुरक्षा कायम राख्दै चाडपर्व बिशेष सुरक्षा योजनाअनुसार प्रहरी परिचालन गर्नुपर्छ : डिआइजी खापुङ
बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) चन्द्र कुवेर खापुङले नजिकिदै गरेको चाडपर्वहरूलाई लक्षित गरी समाजमा शान्ति सुरक्षा कायम राख्दै चाडपर्व बिशेष सुरक्षा योजना अनुसार कुनै पनि आपराधका घटनाहरू हुन गर्न नपाउने गरी प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् । असोज १ गते भर्चुअल माध्यमद्वारा प्रदेश प्रहरी प्रमुख खापुङले मातहत जिल्ला प्रहरी प्रमुखहरु तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई नजिकिदै गरेको चाड पर्वलाई सुरक्षित बनाउने उद्धेश्यका साथ आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माण गरी समाजमा शान्तिसुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । उनले चाडपर्वको समयमा हुनसक्ने अवान्छित…
भरपर्दो सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आसन्न चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै अपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी भरपर्दो सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुनुपर्ने बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा सोमबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्देशन सम्बोधनको क्रममा…
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग-२ को सिरिजमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज अन्तर्गत आज पहिलो खेल खेल्दै छ । नेपालले आज आयोजक क्यानडाविरुद्ध सिरिजको पहिलो खेल खेल्न लागेको हो । यो खेल नेपाली समय अनुसार राति ७; ४५ बजेदेखि ओन्टारियोस्थित किंग सिटी स्टेडियममा हुदै छ । क्यानले यस सिरिजका लागि रोहितकुमार पौडेलको कप्तानीमा सोमबार १६ सदस्यीय टोली क्यानडा पठाएको छ । नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित…
खुकुरी प्रहार गरी श्रीमतीको हत्या, सेरिएर आत्महत्या गर्न खोजेका श्रीमानको अवस्था गम्भिर
काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिका–१ स्थित कटहरेका एक युवकले शनिबार करिब ११ बजे श्रीमतीको हत्या गरी आफुले पनि आत्महत्याको प्रयास गरेका छन् । २९ वर्षीया विजय दर्जीले खुकुरी प्रहार गरी श्रीमती २५ वर्षीया सरिता दर्जीको हत्या गरेका हुन् । खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी सरितालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटामा भर्ना गरिएको थियो । उपचारका क्रममा आइतबार बिहान करिब ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजबाबु महर्जनले जानकारी दिए । श्रीमतीलाई आक्रमण गरेपछि विजयले आफैंलाई पनि खुकुरीले हानेको पाइएको छ । विजय पनि घाइते भएकाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको छ ।…
पोखरा । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा गोकर्ण कार्की विजयी भएका छन् । उनी अर्का उम्मेदवार अर्जुन पोख्रेललाई पराजित गरेर अध्यक्षमा निर्वाचित भएका हुन् । शनिबार भएको मतदानमा कुल २ हजार २ सय १७ मत खसेको थियो । कार्कीले १ हजार ३ सय ३९ मत प्राप्त गर्दा पोख्रेलले ८ सय ५१ मत पाए । बदर मत संख्या २७ थियो । संघको ३५ औं महाधिवेशनबाट अध्यक्षमा निर्वाचित कार्की यसअघिको कार्यकालमा वरिष्ठ उपाध्यक्ष थिए । पोख्रेल ३३ औं महाधिवेशनमा समेत अध्यक्षमा पराजित भएका थिए । संघको वरिष्ठ उपाध्यक्षमा उत्तममान बुद्धाचार्य, उद्योग उपाध्यक्षमा दिनेश बाँस्तोला, वाणिज्य उपाध्यक्षमा बलराम आचार्य, महासचिवमा शोभा गौतम र…
खुकुरी प्रहार घटनामा वडाध्यक्षसहित ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
बाँके । जिल्ला अदालत बाँकेले दुई युवामाथि खुकुरी प्रहार गरेको घटनामा वडाध्यक्षसहित पाँच जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । आइतबार न्यायाधीश दीपक घिमिरेको एकल इजलासले राप्ती सोनारी गाउँपालिका-२ का वडाध्यक्ष ज्ञानु भनिने ज्ञानेन्द्रराज ओलीसहित थप चार जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । राप्ती सोनारी-२ का सन्दिप ओली, रत्न भण्डारी, लोकबहादुर डाँगी र नेपालगञ्जका सन्तोष गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । बाँकेमा भदौ १ गते राप्ती सोनारीका २८ वर्षीय सन्दिप विष्ट र बैजनाथ-७ प्रशुरामपुरका २८ वर्षीय सुलभ मल्लमाथि एक समूहले आक्रमण गरेको थियो ।