मकवानपुर । हेटौंडामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को तस्वीर जलाउने राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता पक्राउ परेका छन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डको फोटो जलाउने संगठनका सदस्य सचिव नीराजन बमलाई प्रहरीले पक्राउ गरेको हो । बमलाई चितवन प्रहरीको सहयोगमा आज भरतपुर विमानस्थलबाट पक्राउ गरेको हो ।
काठमाडौं जाने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले बतायो । शनिबार हेटौंडामा आयोजित युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा प्रचण्डको तस्वीर जलाइएको थियो ।
प्रचण्डको तस्वीरमा आगो लगाउँदै उनले गणतन्त्र मुर्दावाद भने नारा लगाएका थिए ।
Facebook Comments Box
