Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौँ । सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिको चरित्रहत्या गरेको आरोपमा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनी आइतबार विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ परेका हुन् । अदालतबाट अनुमति आएको आधारमा प्रहरीले उनलाई भक्तपुरबाट पक्राउ गरेको हो । प्रहरीको साइबर ब्युरो र जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले उनलाई पक्राउ गरेको हो । प्रसाईँ भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित घरमा रहेको सूचनाको आधारमा पक्राउ गर्न प्रहरी टोली गएपछि उनी घरको गेट नै नखोली भित्रै बसेका थिए । गेट नखुलेपछि प्रहरीले उनको घरको कमाउण्ड नाघेर गएर पक्राउ गरेको थियो ।
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । प्रहरीले आज उनलाई निवासबाटै पक्राउ गरेको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गर्ने चर्चासँगै वनस्थलीस्थित पार्टी कार्यालयमा नेता/कार्यकर्ता, प्रहरी र पत्रकारहरुको भिड बढेको छ । सभापति लामिछाने नेताहरुसँगै पार्टी कार्यालयभित्रै छन् भने कार्यकर्ताहरु बाहिर बसिरहेका छन् । सभापति लामिछानेलाई आजै पक्राउ गर्ने सन्देश प्रहरीले पठाएको स्रोतको दाबी छ । अहिले केही सादा पोशाकका र केही बर्दीका प्रहरीहरु रास्वपा कार्यालय बाहिर जम्मा भएका छन् । भित्र सञ्चारकर्मी तथा पार्टी कार्यकर्ताहरुको भीड लागेको छ । गृहमन्त्री रमेश लेखकको निर्देशनलगत्तै प्रहरीले आजै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई पक्राउ गरेको छ ।
काठमाडौं । प्रहरीले सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा पूर्व प्रहरी नायब महानिरीक्षक (डीआईजी) छविलाल जोशीलाई पक्राउ गरेको छ । उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यलयका एक जना उच्च अधिकृतले बताए । पक्राउ लगत्तै प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा लैजाने तयारी छ । उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अपचलन भएको सहकारी छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीवी) राई, लामिछाने र जोशी व्यापारिक साझेदार हुन् ।
काठमाडौं । नेपाल पुलिस क्लब काभा महिला क्लब च्याम्पियनसिपमा च्याम्पियन बनेपछि प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले बधाई दिएका छन् । पुलिस क्लबको जितपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आईजीपी कुँवरले बधाई दिएका हुन् । माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो । उनले फेसबुकमा लेखेका छन्, ‘काभा महिला भलिबल क्लब च्याम्पियनसिपको फाइनल खेलमा उज्वेकिस्तानको हुमो भिसी क्लबलाई पराजित गर्दै पहिलो स्थान हासिल गरेकोमा नेपाल प्रहरी महिला भलिबल टोलीलाई हार्दिक बधाई तथा शुभकामना । सर्वोत्कृष्ट प्रदर्शन गर्दै महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र प्रतिनिधित्व नगरी सिङ्गो राष्ट्रलाई गौरवान्वित गरेको छ ।’ पुलिस क्लबको विधागत…
काठमाडौं । नेपाल पुलिस क्लबकी उषा भण्डरी काभा महिला क्लब च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी चुनिएकी छिन् । माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको थियो । विधागत उत्कृष्ट खेलाडीको पुलिसको बर्चस्व रह्यो । उषा बेस्ट अपोजिट हिटर घोषित भइन् । सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो चुनिइन् । टिपटप न्यु डायमण्डकी सुमित्रा तथा एपिएफका सरस्वती चौधरी र निरुता ठगुन्ना क्लव च्याम्पियनसिपका लागि पुलिसले अनुबन्ध गरेको थियो । पुलिस ६ खेलमा अपराजित हुँदै च्याम्पियन बनेको हो ।
काठमाडौं । महान् पर्व दसैँ र तिहारमा यात्रुहरूको बढी चापका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै बढ्ने गरेका छन् । हरेक वर्ष चाडपर्वमा भएका दुर्घटनाहरूमा धेरै हताहत हुने गरेका छन् । चितवनमा भने चाडपर्वको बेलामा यात्रुहरूको अत्यधिक चापका कारण मात्र नभई सडकको अवस्थाका कारण पनि दुर्घटनाको जोखिम उत्तिकै रहेका छ । पृथ्वी राजमार्ग बन्दै गरेका कारण सडक ठाउँठाउँमा भत्काइएको छ, पहिरोहरु पनि झरेका छन् । चाडपर्वमा यात्रुको चापकै कारण भएका दुर्घटनाबारे समाचार सुन्न र देख्न नपरोस् भनी बागमति प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले यस अगाडि नै सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूमार्फत जिल्ला ट्राफिक प्रहरी कार्यालयमा निर्देशन दिइसकेका छन्…
कपिलवस्तु । कपिलवस्तुमा पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । कृष्णनगर नगरपालिका ८ सानो गणेशपुर चोकस्थित चन्द्रौँटाबाट कृष्णनगर जाँदै गरेको मोटरसाइकलमा सवार दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशको बस्ती जिल्लाका गौतम पिपरा गाउँका ३५ वर्षे प्रितम कुमार र उत्तरप्रदेशको देबापार हरनखा बस्ने २२ वर्षे सुरज द्विवेदी रहेका छन् । प्रितमले चलाएको मोटरसाइकल पछाडि बसेका सुरजको साथबाट प्रहरीले गएराति पेस्तोल र गोली बरामद गरेको हो । उनीहरूको साथबाट एक थान पेस्तोल र ५ राउण्ड गोली बरामद गरिएको कपिलवस्तु प्रहरीले जनाएको छ । त्यस्तै, उनीहरुसंग फेरामाईन ईन्जेक्सन ३ थान, प्याक गरिएको सिरिन्ज दुई थान…
उदयपुर । उदयपुरको कटारी नगरपालिका १० सोरुङ छविसेमा गत भदौ १९ गते बुधबार राती भएको आमा-छोरा हत्या प्रकरणका दोषीले यौन सम्पर्क राख्न नमान्दा विवाद भएपछि सहन नसकेर आमा छोराको हत्या गरेको खुलेको छ भने प्रहरीले हत्या भएको करिब १५ दिनमा हत्यारा पता लगाएको छ । गत शुक्रबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा आयोजित पत्रकार सम्मेलनमा हत्या आरोपित कटारी नगरपालिका १० सोरुङ छविसे निवासी ३२ वर्षका तारा बहादुर मगरलाई सार्वजनिक गर्दै उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक हरिहरनाथ योगीले घटना भएको दिनदेखि नै प्रहरीले सुक्ष्म तरिकाले अध्ययन गरेको र अभियुक्तले घटना भएपछि पनि घटनास्थलमा आउने जाने र अन्य मानिसहरुसँग अन्जान झै गरेर सोधखोज…
काठमाडौं । बीपी राजमार्ग सडकखण्डअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ काभ्रेभञ्ज्याङबाट नेपाल प्रहरीले २६ बाक्सा पटाका बरामद गरेको छ । नियमित सवारीसाधन जाँचका क्रममा शनिवार बेलुका सिराहाबाट भुस्सा लोड गरी काठमाडौंतर्फ आउँदै गरेको ना५ख ७१७९ नम्बरको ट्रकमा लुकाएर ल्याएको २६ बाक्सा पटाका बरामद गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार जोकर लेखिएको प्रतिप्याकेटमा ८० का दरले पाँच बाक्सामा चार सय प्याकेट, हाईस्पेड स्पिनर चक्र लेखिएको प्रतिबाक्सा दुई सय ४० बण्डलका दरले पाँच बाक्सामा गरी एक हजार २०० प्याकेट र प्रतिप्याकेट १५ पिसका दरले ४८ प्याकेटको सिङ्गल रकेट लेखिएको दुई बाक्सा बरामद भएको हो । यस्तै…