काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरलाई बिदाइ गरेको छ ।
सोमबार मन्त्रालयमा एक कार्यक्रम आयोजना गर्दै गृहमन्त्री रमेश लेखकले शुभकामनासहित बिदाइ गरेका हुन् । मन्त्री लेखकले कुँवरलाई मायाको चिनो प्रदान गरेका थिए ।
त्यस्तै कार्यकाल सफलताका साथ सम्पन्न गरी निवृत्त पछिको व्यवसायिक जीवनको प्रगतिको कामना गरेका थिए । उनले अवकास पाएसँगै सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले नयाँ प्रहरी प्रमुख चयन गर्नेछ ।
प्रहरी प्रमुख बन्न दीपक थापा, सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा छन्।
Facebook Comments Box
