Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पुर्वगृहमन्त्री रवि लामिछानेले आफ्नो दल विभाजन गर्न खोजिएको बताएका छन् । सहकारी ठगी र संगठित अपराधको कसुरमा शुक्रबार साँझ प्रहरीले पक्राउ गर्नुअघि पार्टी कार्यालय वनस्थलीमा जम्मा भएका कार्यकर्तालाई संक्षिप्त सम्बोधन गर्दै लामिछानेले रास्वपा फुटाउने षड्यन्त्र भएको बताएका हुन् । त्यसबारे उनले थप बताएनन् । शुक्रबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजनमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रधानमन्त्री केपी ओली राजनीतिक दलहरु फुटाउने षड्यन्त्रमा रहेकाले त्यसको प्रतिवाद गर्ने निर्णय गरेको थियो । लामिछानेले पार्टी फुटाउने र आफूलाई चुनावमा उम्मेदवार बन्न रोक्ने तयारी भएको बताए । आफूलाई चुनाव नै लड्न नदिने गरी…
बाँके । कोहलपुरस्थित एक होटलमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्। पीडित किशोरीले बुधबार आफूमाथि भएको सामूहिक बलात्कारबारे किटानी जाहेरी दिएपछि पाँच जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेहरुमा बैजनाथ गाउँपालिका-१ करेलीका निशान रोकाया, डम्मरबहादुर रोकाया, जिवन रोकाया र बैजनाथ-१ गाभर गाउँका निर्मल थापा र विजय कार्की रहेका छन् । पक्राउ परेकामध्ये जीवन २४ वर्षका छन् भने अन्य १९ वर्षका हुन्। पीडित किशोरीले जाहेरीमा असोज २७ गते कोहलपुर नगरपालिका-११ स्थित सुर्खेत रोडको एक होटलमा बोलाएर आफूमाथि पाँच जनाले रातभर सामूहिक बलात्कार गरेको कुरा उल्लेख गरेकी छन्। इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार सामाजिक सञ्जाल फेसबुकमा भएको…
काठमाडौँ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले राष्ट्र र नागरिकले सामना गरेका विषम परिस्थितिमा देखाएको समर्पणभाव र उच्च व्यावसायिकता प्रदर्शनबाट प्रहरी नागरिकको सेवा र सुरक्षाको भरोसायोग्य सङ्गठनका रूपमा स्थापित भएको बताएका छन् । ६९ औँ प्रहरी दिवसका अवसरमा आज प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कार्यसम्पादन र सेवा प्रवाहको विश्वसनीयता, गुणस्तरियता र जिम्मेवारीप्रतिको समर्पणलाई निरन्तर परिस्कृत गर्दै लगिएको बताए । महानिरीक्षक कुँवरले सङ्गठित अपराधका रूपमा रहेका लागुऔषध कारोबार, मानव बेचबिखन, साइबर एवं विद्युतीय कसुर, अवैध हातहतियार र बहुमूल्य सामग्रीको ओसरपसार तथा आर्थिक अपराधलाई निर्ममताका साथ कानुनी दायरमा ल्याउन प्रहरीले आफ्नो क्षमतालाई विस्तार गरी अन्तर्राष्ट्रिय प्रहरी निकायसँगको समवन्यलाई तीव्रता…
काठमाडौं । घरमा श्रीमती हुँदाहुँदै मन पराएर ल्याएकी कान्छी श्रीमतीसँग पनि कुरा नमिलेपछि हत्या गरेको आरोपमा रुपन्देहीका एक व्यक्ति पक्राउ परेका छन् । देवदह नगरपालिका–९, भलुहीका दशरथ चौधरी (५०) लाई प्रहरीले मंगलबार बेलुका पक्राउ गरेको हो । उनीमाथि कान्छी श्रीमती सुनिता भट्टराई चौधरी (४०) को हत्या गरेको अभियोग छ । दशरथले सुनितालाई चक्कु प्रहार गरेको र सोही चोटका कारण उनको मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते भएकी सुनितालाई उपचारका लागि भलुहीस्थित देवदह मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घट्नाको जानकारी पाएपछि इप्रका बुटबल र…
काठमाडौं । चर्चित पप गायक लियाम पेनको मृत्यु भएको छ । ‘वन डिरेक्सन’ ब्यान्डका पूर्वसदस्यसमेत रहेका पेनको अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको होटेलको तेस्रो तलाबाट खसेर मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । ३१ वर्षीय ब्रिटिस गायक पेन होटेलको तेस्रो तलाको बाल्कोनीबाट खसेको अर्जेन्टिनी प्रहरीले जनाएको छ । पेन सन् २०१० मा एक्स फ्याक्टर टीभी सोमा बनाइएको चर्चित ब्वायब्यान्डका सदस्यसमेत थिए । यस समूहमा ह्यारी स्टाइल्स, लुइस टोमिल्सन, नियाल होरान र जयन मलिकजस्ता कलाकारसमेत आबद्ध थिए । केही दिनअघि मात्र अर्जेन्टिनामा उनले ‘वन डिरेक्सन’ कै पूर्व सदस्य नियाल होरानको कन्सर्टमा प्रस्तुति दिएका थिए । ब्युनस आयर्स प्रहरीले पेन लागूऔषध र मदिराको नसाका कारण दुर्घटनामा परेको…
काठमाडौँ । जग्गा विवादमा आफ्नै भाइलाई छुरा हानेर हत्या गरेको आरोपमा प्रहरीले दाङको बबई गाउँपालिका –४, हापुरेका पूर्ण तामाङ (३१) लाई पक्राउ गरेको छ । सहोदर भाइ अनिल (२८) को हत्या आरोपमा पूर्ण पक्राउ परेका हुन । इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी अनिल ठकुरीका अनुसार मंगलबार विहान जग्गा विवादका पूर्णले भाइको पेटमा छुरा प्रहार गरेका थिए । अचेत अवस्थामा फेला परेका अनिललाई उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो । अस्पताल पुर्याएको केही समयपछि नै उनको मृत्यु भएको थियो । सुरुमा सम्पत्ति माग्दै बिबाद गरेर अनिलले आफैलाई चक्कु प्रहार गरेको चर्चा चलेको थियो। तर, अनुसन्धानका क्रममा दाजुको चक्कु…
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित आज एक जनालाई पक्राउ गरेको छ । काभ्रेपलान्चोकको पनौती नगरपालिका–१ स्थायी घरभई हाल सूर्यविनायक नगरपालिका–८ रानीकोट बस्दै आएका ३६ वर्षीय प्रेम तामाङले हतियार बोकी हिँडिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरिएको जनाएको छ । प्रहरी टोलीले घरबाटै तीन राउण्ड गोली लोड भएको मेडइन यूएसए लेखिएको पेस्तोलसहित तामाङलाई पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । म्याद थप गरी आजै तामाङमाथि थप अनुसन्धान सुरु गरिएको उनले बताए ।
काठमाडौं । यो वर्षको प्रहरी ब्याटन पुरस्कार लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी कुबेर कडायतले प्राप्त गरेका छन् । ६९ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ब्याटन प्रदान गरेका हुन् । एआइजी सुदीप गिरी नेतृत्वको टोलीले लुम्बिनी प्रदेशलाई उत्कृष्ट रहेको सिफारिस गरेको आरोपमा उनी पुरस्कृत भएका हुन् । त्यस्तै, अवकाशप्राप्त प्रहरी उपरीक्षक चिन्तबहादुर बस्नेतलाई यस वर्षको लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
कैलाली । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी श्यामकृष्ण अधिकारीले पछिल्लो समय प्रहरीलाई गाली गर्ने प्रवृत्ति बढेको बताएका छन् । मंगलबार ६९औं प्रहरी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले नेपाल प्रहरीलाई पछिल्लो समय गाली गर्ने प्रवृत्ति बढेको तर समस्यामा प्रहरी नै सारथि बनिरहेको बताए । ‘हुन त प्रहरीलाई गाली गर्छन् । तर, दुःख पर्दा पहिलो नम्बरमा नेपाल प्रहरीलाई सम्झन्छन्,’ उनले भने, ‘नेपाली जनताको पहिलो रोजाई नेपाल प्रहरी बनेको छ ।’
विपद्बाट भएको क्षतिप्रति सरकार गम्भीर छ, पुनःनिर्माणको काम छिट्टै अघि बढ्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पुनर्निर्माण र पुनःव्यवस्थापनका काम अघि बढाउने बताएका छन् । प्राकृतिक विपत्तिका कारण भएको क्षति र पुनःनिर्माणबारे बालुवाटारमा जिल्लाको सर्वदलीय प्रतिनिधिमण्डलबाट दिइएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले हालैको बाढी, पहिरो र डुबानका कारण भएको क्षतिप्रति गम्भीर हुँदै सरकारले सुरक्षित एकीकृत बस्तीको योजनाका साथ तत्काल पुनःनिर्माण र पुनःव्यवस्थापनका काम अघि बढाइने बताए । प्रधानमन्त्री ओलीले बिहीबार बस्ने राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन परिषद् र मन्त्रिपरिषद्को बैठकबाट प्रारम्भिक राहत र अस्थायी आवास तथा पुलहरु निर्माणबारे निर्णयहरु गरिने बताए । प्रधानमन्त्री ओलीले बाढी र पहिरोका कारण काठमाडौं जोड्ने विभिन्न सडकहरु अवरुद्ध…