काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियापछि आफूहरू काठमाडौँमा सरकार बनाउने र ढाल्ने खेलमा लागेको स्वीकार गरेका छन् ।
अनेमसंघ (क्रान्तिकारी) लुम्बिनी प्रदेशको सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उनले अब पार्टीको सम्पूर्ण ध्यान वर्गतिर हुने प्रतिबद्धता जनाए ।
यद्यपि आफ्नो नेतृत्वको पछिल्लो सरकारले जनताको पक्षमा राम्रो काम थालेपछि बिचौलिया र दलाल पुँजीपतिहरू आत्तिएर सरकार ढालेको उनले आरोप लगाए ।
‘सरकार बनाउने र ढाल्ने खेलमा हामीले बढी समय दियौँ । आठरदश वर्ष कहिले यता उता अल्मिलियौँ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि त्याग तपस्या र बलिदान गरेका वर्गलाई छोड्यौँ । अब कांग्रेस र एमालेको बैशाखी टेकेर नभई आफ्नै खुट्टामा उभिने गरी समीक्षा गरेका छौँ’, उनले भने ।
कार्यक्रममा प्रचण्डले आफ्नो नेतृत्वको पछिल्लो सरकारले जनताको पक्षमा सकारात्मक काम गरेपछि बिचौलिया तथा दलाल भ्रष्टहरूले सरकार ढालेको दोहोर्याए ।
