काठमाडौं । चैत १५ गते तिनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा २० जनामाथि गोली चलेको पुष्टि गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) दिनेश आचार्यले सो जानकारी दिएका हुन् ।
गोली लाग्नेमध्ये २ महिला र १८ पुरुष छन् । गोली लागेर घाइते भएकामध्ये १३ जना अस्पतालमा उपचाररत रहेको प्रवक्ता आचार्यले पत्रकार सम्मेलनमा बताए ।
प्रवक्ता आचार्यका अनुसार आन्दोलनका क्रममा जम्मा ५८ राउन्ड गोली प्रहार भयो । यस्तै, टियर ग्यास ७४६ राउन्ड, ब्ल्यांक फायर १९२ पटक भएको थियो । दुईवटा गोली पेस्तोलबाट प्रहार भएको उनले बताए ।
त्यस्तै प्रदर्शनकारीको आक्रमणमा परी ५५ नेपाल प्रहरी २३ सशस्त्र प्रहरी घाइते भएको र प्रहरीको बल प्रयोगबाट ५३ जना प्रदर्शनकारी घाइते भएको आचार्यले बताए ।
