काठमाडौं । प्रहरीले चैत १५ गते तिनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा मञ्चमा राष्ट्रिय गान बज्दाबज्दै टियर ग्यास हानेको आरोपको खण्डन गरेको छ ।
बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरीले बाहिर आएको भिडिओ फेक भएको दावी गरेको छ । प्रहरीका पवक्ता दिनेश आचार्यले अर्को ठाउँमा हानेको टियर ग्यास उछिट्टीएर मञ्चमा पुगेको हुनसक्ने बताए ।
कार्यक्रममा प्रहरीले अनावश्यक बल प्रयोग नगरेको दाबी गर्दै आचार्यले भने, ‘कार्यक्रम सुरु हुनुभन्दा अगाडि राष्ट्रिय गान बज्दा टियर ग्यास हानेको भन्ने होइन । त्यो डिप फेक भिडियो हो । कार्यक्रम नै सुरु भएको छैन, कसरी राष्ट्रिय गान बज्छ ?’
Facebook Comments Box
