Author: Scoop Khabar

काठमाडौं । राजसंस्थाको पक्षमा र सरकारविरुद्ध नाराबाजी गर्ने अमेरिकी नागरिकलाई (डीपोर्ट) गरिने भएको छ । गृह मन्त्रालयले अमेरिकी नागरिक ५८ वर्षीय जुलियन किर्पाललाई नेपाल प्रवेशमा दुई वर्ष प्रतिबन्ध लगाउने गरी निष्कासन (डीपोर्ट) गर्ने निर्णय गरेको हो । १४ चैतमा माइतीघरमा राजसंस्थाका पक्षमा नारा लगाउँदै आक्रामक भएपछि ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पाल ब्लिसलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसपछि प्रहरीले अनुसन्धानका लागि अध्यागमन विभागमा पठाएको थियो । आइतबार गृह मन्त्रालयले डिपोर्ट गर्ने निर्णयसहित फाइल पठाएको छ । ब्लिसले बयानका क्रममा आफ्नो उद्देश्य हिन्दु धर्म संरक्षणसँगै गाईको रक्षा गर्नुपर्ने, मानव बेचबिखनका विषयमा महिला तथा बालबालिका जोगाउनुपर्नेबारे वकालत गर्दै आएको बताएका थिए…

थप

काठमाडौँ । घर–परिवार हरेक मानिसका लागि जीवनको मुख्य सहारा हो । तर कहिलेकाहीँ त्यही घर–परिवारबाट मानिसको जीवन समाप्त पनि हुन्छ । जहाँ मानिसले आफूलाई सबैभन्दा बढी सुरक्षित महसुस गर्नुपर्ने हो, त्यहीँ असुरक्षित भएर जीवन गुमाउनुपर्ने अवस्था आउनु भनेको सभ्य समाज निर्माणका लागि मुख्य चुनौती पनि हो । पछिल्लो समय घर–परिवारकै सदस्यबाट भएका आपराधिक घटनामा ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएको छ । सांघातिक आक्रमण तथा हत्याका घटनामा आफ्नै परिवारका सदस्य तथा चिनजानकै व्यक्ति संलग्न रहेको उदाहरण प्रशस्त पाइन्छ । केही प्रतिनिधिमुलक घटना घटना नम्बर १ : गत २५ गते सुनसरीको धरान–६ मा रहेको पाँचकन्या सामुदायिक वनमा धनकुटा महालक्ष्मी नगरपालिका–१ की ३४…

थप

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफु भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति नेपाली कांग्रेसभित्र बढेको बताएकी छन् । इलामको श्रीअन्तुमा सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले सो कुरा बताएकी हुन् । उनले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको र अझ बढी यो प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको बताइन् । परराष्ट्रमन्त्री राणाले नेपाली कांग्रेस अहिले सरकारमै रहेको तर सरकारको विरोध पनि बढी त कांग्रेसकै नेताहरुले गर्ने गरेको अफूले सुनेको प्रसंग उल्लेख गरिन् ।

थप

काठमाडौं । हरेक विवाहिता महिलाले आफ्नो सिउँदोमा सिन्दुर लगाउने हिन्दू परम्परा र मान्यता हो । महिला विवाहित कि अविवाहित भन्ने छुट्याउने पहिचान पनि हो सिन्दुर । सिन्दुरलाई महिलाले सौभाग्यको प्रतीकको रुपमा आफ्नो टाउकोमा धारण गर्ने गर्दछन् । कपाललाई दुई तिर फर्काएर सिउँदो बनाएर आफ्नो पतिको सौभाग्य र सम्मानको रुपमा सिन्दुर हरेक विवाहित महिलाले लगाउनै पर्ने बाध्यता जस्तै छ हिन्दू संस्कारमा । आउनुहोस् जानी राखौ महिलाले किन लगाउँछन् त सिउँदोमा सिन्दुर ? विवाहित महिला सिउँदोमा सिन्दुर लगाउँदा आफूलाई गौरवान्वित ठान्दछन् । महिलाले सिउँदोमा लगाउने सिन्दुर उनीहरुको सधैँ सौभाग्य बनाइ राख्ने मान्यता छ । हिन्दू एक प्राचीन मान्यता अनुसार देवी पार्वतीले आफ्नो…

थप

काठमाडौं । लमजुङमा आफ्नै घरभित्र त्रिपालले बेरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । लमजुङको बेसीशहर नगरपालिका– २ को भकुण्डे गाउँ निवासी ४७ वर्षीया सीता कँडेलको शव फेला परेको हो । नेपाल प्रहरीकी निवृत्त हवल्दार समेत रहेकी उनी आफनो घरमा एक्लै बस्ने गरेको छिमेकीले बताएका छन् । उनका एक मात्र छोरा बुहारी अस्टेलिया बस्दै आएका थिए । मृतकका छोरा अभिनास कँडेलले ५, ६ दिनदेखि आमासँग फोन सम्पर्क नभएपछि उनले आफ्ना छिमेकीसँग आमाका ’boutमा सोधपुछ गरेका थिए । गत चैत २६ गते मंगलबार अपराह्न ४ बजे उनले छोरासँग अस्टे्लियामा अन्तिम कल गरेको देखिएको प्रहरीले जनाएको छ । त्यसदिन साँझ ७…

थप

काठमाडौं । कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा सिकार खेल्न गएका एक युवक साथीले बोकेको बन्दुकको गोली लागेर आफैं सिकार भएका छन् । बुद्धभुमी नगरपालिका–९ गब्दहवाका २८ वर्षीय समुन्द्र गाहा मगरको गोली लागेर मृत्यु भएको हो । गाउँका साथीहरु ३४ वर्षीय रामबहादुर थारु र ३६ वर्षीय राम थारु (कालु) सँग सिकार खेल्न गएका उनलाई गब्दहवादेखि करीब ६ किलोमिटर उत्तर तर्फ कपिलवस्तु र अर्घाखाँचीको सिमानामा रहेको बुद्ध यशोधरा सामुदायिक बनमा भरुवा बन्दुकको गोली लागेको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार घट्ना आइतबारको हो । उनलाई बन्दुक पड्किएर छर्राले खुट्टामा लागेको थियो । जंगलमा गाडीको आवाज सुनेपछि भाग्दै गर्दा राम थारुले बोकेको बन्दुक पड्किएर…

थप

काठमाडौं । आइतबार राति ६१ जना बरिष्ठ नायब निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा सिफारिस भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको अध्यक्षतामा बसेको बैठकले इन्स्पेक्टर बढुवा सिफारिस गरेको हो । थापा आईजीपी हुनु अघिदेखि नै इन्स्पेक्टर बढुवा रोकिएको हो । नेताहरुको पिएसो बसेका जुनियर सईहरुले दबाद दिँदा निवर्तमान आईजीपी बसन्त कुँवरले बढुवा निकाल्न सकेका थिएनन् । तर, थापाले कबिर एक महिनापछि इन्स्पेक्टर बढुवाको सूची निकालेका हुन् । आइतबार लामो रस्साकस्सीको बीच प्रहरी प्रधान कार्यालयले रोकिएको बढुवाको जाम खुलाएसँगै आईजीपी थापाको प्रशंसा भएको छ । जसको कारण हो, जुनियरलाई पन्छाएर सिनियर टोलीलाई मात्र बढुवामा पारेपछि उनको पहिलो बढुवा सफल…

थप

काठमाडौं । नेपाल प्रहरीका ६१ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) हरुलाई प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा गर्न सिफारिस गरिएको छ ।  आईजीपी दिपक थापा नेतृत्वको बढुवा समितिले आइतबार राति बढुवा सिफारिस सूची प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिसको पहिलो नम्बरमा सुदिप थापा छन् । प्रहरी निरीक्षकमा बढुवा सिफारिस हुनेमा रवी घिमिरे, फणिन्द्र क्षेत्री, कृष्णराज सेढाई, हस्त बहादुर तामाङ, सुनिर श्रेष्ठ, मनराज बानियाँसहित ६१ जना छन् । को-को परे बढुवामा ?

थप

एजेन्सी । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना र उनकी छोरी साइमा वाजेद पुतुलसहित अन्य १७ जनामाथि भ्रष्टाचार मुद्दामा पक्राउ पुर्जी जारी गरेको छ । त्यहाँको एक अदालतले उनीहरूलाई एक आवासीय जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा पक्राउ पुर्जी जारी गरेको हो । बंगलादेशको ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले त्यहाँको भ्रष्टाचार विरोधी आयोगले पेस गरेको उनीहरूविरुद्धको अभियोगपत्र स्वीकार गरेको बताइएको छ । आरोपीहरू फरार रहेको भन्दै अदालतले उनीहरूविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेको थियो ।

थप

काठमाडौं । दुर्गम गन्तव्यतर्फ उडान गर्दै आएको वायुसेवा कम्पनी समिट एयरको इन्स्ट्रक्टर पाइलट (आइपी)मा मनीष पन्त नियुक्त भएका छन्। समिट एयरले स्थापनाकालदेखि नै कार्यरत क्याप्टेन पन्तलाई प्रशिक्षक पाइलटको जिम्मेवारी दिएको हो। ‘समिटको आफ्नै तालिम संस्थाबाट तालिम दिएर क्याप्टेन पन्तलाई आइपीको जिम्मेवारी दिइएको हो,’ कम्पनीका प्रबन्ध निर्देशक मनोज कार्कीले भने, ‘नागरिक उड्डयन प्राधिकरणले पनि मान्यता दिइसकेको छ।’ ४ वटा जहाजमार्फत लुक्ला, सिमकोट लगायत दुगम गन्तव्यमा उडान गर्दै आएको यो कम्पनीमा ११ जना क्याप्टेन छन्।

थप