काठमाडौं । लमजुङमा आफ्नै घरभित्र त्रिपालले बेरिएको अवस्थामा एक महिलाको शव फेला परेको छ । लमजुङको बेसीशहर नगरपालिका– २ को भकुण्डे गाउँ निवासी ४७ वर्षीया सीता कँडेलको शव फेला परेको हो ।
नेपाल प्रहरीकी निवृत्त हवल्दार समेत रहेकी उनी आफनो घरमा एक्लै बस्ने गरेको छिमेकीले बताएका छन् । उनका एक मात्र छोरा बुहारी अस्टेलिया बस्दै आएका थिए ।
मृतकका छोरा अभिनास कँडेलले ५, ६ दिनदेखि आमासँग फोन सम्पर्क नभएपछि उनले आफ्ना छिमेकीसँग आमाका ’boutमा सोधपुछ गरेका थिए । गत चैत २६ गते मंगलबार अपराह्न ४ बजे उनले छोरासँग अस्टे्लियामा अन्तिम कल गरेको देखिएको प्रहरीले जनाएको छ ।
त्यसदिन साँझ ७ बजेपछि उनको मोवाइल अफ छ । उनीसँग दुईवटा एक साधारण सेटको र एक आइफोन रहेको जानकारीमा आए पनि आइफोन फेला नपरेको प्रहरीले जनाएको छ ।
उनले घाँटीमा लगाउने गरेको तीन तोलाको सुनको सिक्री लगायत करिब १० तोलाका सुनका गहना केही नगद रकम समेत घरमा रहेको तर त्यो समेत फेला नपरेको प्रहरी भनाइ छ । लेनदेनका कारणले उनको हत्या भएको आशंका प्रहरीले गरेको छ ।
तराईतिरका एक दराई थरका व्यक्तिसँग उनको ठूलै कारोबार रहेको र उनले निजका विरुद्धमा जिल्ला प्रहरी कार्यालय लमजुङ र चितवनमा समेत उजुरी दिएको बताइएको छ ।
छिकेमीले उनको घरमा जाँदा बाहिरबाट ताल्चा लगाएको तर घरभित्रबाट सिनोको गन्ध आएको थाहा पाएपछि अभिनासका छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले त्यो घरको बाहिरी ताल्चा खोलेर हेर्दा भित्र उनी सुत्नेकोठामा पनि ताल्चा लगाएको रहेको त्यो खेलेर हेर्दा पलङको मुनी त्रिपालले बेरेर त्यसलाई तारले बाँधेको शव सड्न लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
सो घट्नास्थल रहेको घर सो स्थानमा रहेको अस्थायी प्रहरी बिटको करिब दुई सय मिटर नजिक रहेको मृतकका छिमेकीले बताएका छन् ।
मृतक महिलाको सोमबार पोष्टमार्टमको तयारी गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर शाहले बताए । उनका अनुसार उनको छोरा आएपछि मात्र शवको अन्तिम संस्कार हुने छ ।
