काठमाडौं । आइतबार राति ६१ जना बरिष्ठ नायब निरीक्षक (सई) प्रहरी निरीक्षक (इन्स्पेक्टर)मा बढुवा सिफारिस भएका छन् । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाको अध्यक्षतामा बसेको बैठकले इन्स्पेक्टर बढुवा सिफारिस गरेको हो ।
थापा आईजीपी हुनु अघिदेखि नै इन्स्पेक्टर बढुवा रोकिएको हो । नेताहरुको पिएसो बसेका जुनियर सईहरुले दबाद दिँदा निवर्तमान आईजीपी बसन्त कुँवरले बढुवा निकाल्न सकेका थिएनन् । तर, थापाले कबिर एक महिनापछि इन्स्पेक्टर बढुवाको सूची निकालेका हुन् ।
आइतबार लामो रस्साकस्सीको बीच प्रहरी प्रधान कार्यालयले रोकिएको बढुवाको जाम खुलाएसँगै आईजीपी थापाको प्रशंसा भएको छ । जसको कारण हो, जुनियरलाई पन्छाएर सिनियर टोलीलाई मात्र बढुवामा पारेपछि उनको पहिलो बढुवा सफल मानिएको छ ।
इन्स्पेक्टर थापा आईजीपी भएपछि निस्किएको पहिलो हो । लामो तयारीपछि प्रकाशित बढुवा सिफारिसमा २०५८ सालमा भर्ना भएको ११३ को प्रहरी सहायक निरीक्षक (असई) टोली मात्र समावेश गरिएको छ । त्यसैले पनि यो बढुवालाई धेरैले आश्चर्यका रुपमा लिएका छन् ।
जबकी अहिलेका इन्स्पेक्टर बढुवामा १२५ को टोलीका अधिकृतहरु शक्तिशाली थिए । जसमध्ये अकिांश नेताहरुको पिएसो बसेका छन् । उनीहरुलाई बढुवा गर्न सत्तारुढ दलभित्रकै प्रभावशाली नेताहरुको ठुलो दवाव थियो । त्यतिमात्र होइन संवैधानिक निकायका प्रमुखहरुले समेत उनीहरुको बढुवाको लागि शक्तिकेन्द्रमा लविङ गरेका थिए ।
उनीहरु शक्तिशाली भएकै कारण बढुवा रोकिदै आएको थियो । तर, अन्तिममा प्रहरी महानिरीक्षक थापाले त्यो दबावलाई सजिलै झेले र सिनियर टोलीलाई मात्र कायम राख्ने काम गरे । यो निर्णयले प्रहरी संगठनभित्र निकै ठुलो आशा जगाएको छ ।
धेरै यो निर्णयको खुलेर प्रशंसा समेत गरेका छन् । यसलाई महानिरीक्षक थापाको नेतृत्वको पहिलो सफलता मानिएको छ । महानिरीक्षक थापाले समेत वरियतामा अघि रहेकालाई छाडेर पछिल्लो ब्याचबाट ल्याउन नसक्ने भन्दै गृहमन्त्री रमेश लेखकलाई कन्भिन्स गरेको बताइन्छ ।
प्रहरी महानिरीक्षकमा थापाको नियुक्तीसँगै प्रहरीमा राजनीतिक हस्तक्षेप अन्त हुने अपेक्षा धेरैले गरेका छन् । हाल प्रहरीमा ६ वटा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पद रिक्त छ । उनले एआईजी बढुवामा अन्यायमा परेका अधिकृतहरुलाई न्याय गर्ने विश्वास छ ।
बढुवामा पर्नेहरुको नाम


