काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफु भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति नेपाली कांग्रेसभित्र बढेको बताएकी छन् ।
इलामको श्रीअन्तुमा सोमबार नेपाली कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री राणाले सो कुरा बताएकी हुन् ।
उनले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको र अझ बढी यो प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको बताइन् ।
परराष्ट्रमन्त्री राणाले नेपाली कांग्रेस अहिले सरकारमै रहेको तर सरकारको विरोध पनि बढी त कांग्रेसकै नेताहरुले गर्ने गरेको अफूले सुनेको प्रसंग उल्लेख गरिन् ।
Facebook Comments Box
