Author: Scoop Khabar

काठमाडौं । प्रहरी नायव उपरीक्षक (डिएसपी) रबिन बाबु रेग्मीले जिल्ला प्रहरी कार्यालय जुम्लाको कमाण्ड सम्हालेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्र (च.नं. ६४४८) अनुसार रेग्मीलाई जुम्ला सरुवा गरिएको थियो । सोही अनुरुप डिएसपी रेग्मीले शुक्रबारबाट जुम्ला प्रहरीको कमाण्ड सम्हालेका हुन् । उनले कार्यालयको सम्पूर्ण जिम्मेवारी ग्रहण गरेका छन् । कार्यभार सम्हालेपछि डिएसपी रेग्मीले कार्यालय अन्तर्गतका सबै शाखा तथा हिरासत कक्षको निरीक्षण गरेका थिए । उनको नेतृत्वमा जिल्लामा अपराध नियन्त्रण, कानुनको कार्यान्वयन तथा सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरिएको छ । यसअघि जुम्ला प्रहरी प्रमुख डिएसपी छेदिलाल कामतीको काठमाण्डौँ उपत्यका विशेष सुरक्षा गण,…

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) खड्क बहादुर खत्रीले सम्हालेका छन् । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको वैशाख १५ गतेको पत्रनुसार सरुवा भएर शनिबार कञ्चनपुर पुगेर एसपी खत्रीले कार्यभार सम्हालेका हुन । एसपी खत्री नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर, कञ्चनपुरबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कार्यालय प्रमुख भएर गएका हुन् । कार्यभार सम्हालेका एसपी खत्रीले मातहतका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका छन् । यसअघि कञ्चनपुर प्रहरी प्रमुख रहेका एसपी चक्रराज जोशीको जिल्ला प्रहरी परिसर ललितपुर सरुवा भएको छ ।

थप

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी)ले आफ्नो कार्यभार सम्हालेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट एसपी नकुल पोखरेलको सरुवा भएपछि उनको ठाउँमा हेरम्ब शर्मा आएका हुन् । एसपी शर्मा शुक्रबार महोत्तरी पुगेका हुन् । उनी प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा समेत आफुलाई परिचित गर्न सफल भएका छन् । एसपी शर्मा प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने नयाँनयाँ अभियानको सिर्जना गर्ने क्षमतावान बौद्धिक प्रहरी अधिकृतका रुपमा समेत परिचित छन् ।

थप

काठमाडौं । आज शनिबार बिहान नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रियसभा सदस्य वामदेव गौतमसँग भेटघाट गरेका छन् । थापाले वामदेवको भैंसेपाटीस्थित निवासमा पुगेर भेटघाट गरेका हुन‍् । थापाले सामाजिक सञ्जाल फेसबुकमा दुईजनाको तस्बिर सेयर गर्दै भेटघाट महत्वपूर्ण भएको जानकारी दिए । उनले प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको हैसियतमा आफूहरूले आआफ्नो निर्वाचन क्षेत्र र जन्मथलोका लागि मिलेर केही गर्न लागिपर्ने समझदारी थालेको समेत जिकिर गरेका छन् । थापाले लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ राष्ट्रियसभा सदस्य कमरेड वामदेव गौतमसँग भैंसेपाटीस्थित निवासमा महत्वपूर्ण भेटघाट भएको छ । मूलतः प्युठानमा उहाँको समयमा थालनीको प्रक्रियामा रहेका केही कामहरूप्रतिको लगाव र जोड जिउँदो-जाग्दो नै रहेको छ । हामीले…

थप

काठमाडौं । दिपक थापा प्रहरी महानिरीक्षक (नियुक्त) भएपछि थुप्रै सरुवा/बढुवा भयो । आईजीपी भएको दुई दिनपछि अर्थात ६ चैतमा थापाले पहिलोपटक ७२ जना प्राविधिक प्रहरी सहायक निरीक्षक (असई)हरुको बढुवा तथा पदस्थापना गरे । जुन बढुवा संगठनमा लामो समयदेखि रोकिएको थियो । सोहीदिन आईजीपी थापाले १२५ जना प्राविधिक असईहरुको सरुवा समेत गरे । जुन सरुवा नियमित थियो तर, केही समययता रोकिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । त्यसको १४, १५ दिनसम्म देशमा अप्रिय घटनाहरु हुन पुगेकाले आईजीपी थापाले सरुवा/बढुवातिर त्यति चासो दिन खोजेनन् । त्यसपछि आईजीपी थापाले चैत २१ गते प्राविधिक प्रहरी समूहतर्फका एकजना असईलाई प्रहरी नायब निरीक्षक (सई) र एकजना…

थप

वीरगन्ज ।सशस्त्र प्रहरी बल पर्साले स्रोत नखुलेको९लाख ५९ हजार रुपैया सहित तिनजनालाई भारतीय नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत जि.पश्चिम चम्पारण बेतिया ग्राम पंचायत वडा नं.-७ बस्ने अन्दाजी वर्ष ५९ को विजय प्रसाद,भारत जि.पश्चिम चम्पारण जौकटिया ग्राम पंचायत वडा नं.-१२ बस्ने अन्दाजी वर्ष ४६ को मनोज कुमार सहनी र भारत जि.पश्चिम चम्पारण, छाउनी चोक ग्राम पंचायत वडा नं.-२७ बस्ने अन्दाजी वर्ष ४३ को सन्तोष कुमार श्रीवास्तवलाई पक्राउ गरेको हो। सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतको रक्सौलबाट नेपाल तर्फ आउँदै गरेको BR 22 P 8300 नम्बरको सेतो रङ्गको भारतीय नम्बर प्लेटको…

थप

काठमाडौं । प्रोसेस पाण्डे द भ्वाइस अफ नेपाल सिजन ६ का विजेता बनेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २० लाख रूपैयाँसहित द भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि जितेका हुन् । प्रोसेसले टिम खेम सेञ्चुरीबाट प्रतिस्पर्धा गरेका थिए । यस्तै टिम मेलिना राईबाट रोशन राई फस्ट रनरअप भएका छन् । यस्तै सेकेन्ड रनरअप टिम राजु लामाबाट प्रमेश राई बनेका छन् । अर्पना आचार्य थर्ड रनरअप बनेकी छन् । उनले टिम उदय सोताङबाट प्रतिनित्व गरेकी थिइन् ।

थप

काठमाडौं । खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका ६५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)हरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । २०८१ भदौ २८ गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०८२ वैशाख ७ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ ६५ र खुलातर्फ १२ जना गरी कुल ७७ जना प्रहरी निरीक्षकहरू उत्तीर्ण भएका छन् । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८२ वैशाख ११ गतेको निर्णयले वैशाख १४ गतेदेखि लागू हुने गरी उनीहरू प्रहरी निरीक्षक पदमा नियुक्त भएका हुन् । उक्त…

थप

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी नयाँ कानुन चाँडै आउने भएको छ । शुक्रबार राष्ट्रपतिले संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाल प्रहरी सम्बन्धी र सशस्त्र प्रहरी बल सम्बन्धी कानुनलाई संशोधन गर्न बनेका विधेयकलाई संसदको यसै अधिवेशनबाट पारित गर्ने उल्लेख छ । यी दुवै विधेयक संसदमा प्रस्तुत भइसकेका छन् । दुवै प्रहरीका नयाँ ऐनमा थुप्रै संशोधन परे पनि संसदीय समितिमा छलफल सुरु भएको छैन । तर सरकारले भने चाँडै पारित गर्ने दाबी गरेको छ । यी ऐन आएमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा व्यापक परिवर्तन आउनेछ । भावी नेतृत्वदेखि वर्तमान महानिरीक्षकको कार्यकाल समेत लम्बिन सक्नेछ ।

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहट प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले सम्हालेका छन् । शुक्रबार दिउँसो कार्यालयमा पुगेर एसपी गिरीले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् । जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भएका एसपी गिरीलाई प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षकलगायतका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए । जिल्लाको कमाण्ड सम्हाल्दै एसपी गिरीले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवानदेखि लिएर अधिकारीसमेतलाई निर्देशन दिएका छन् । प्रहरी मुख्यालयले गत हप्ता गिरीसहित ६३ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो । यसअघि रौतहटको कमाण्ड एसपी दिलिप घिमिरेले सम्हालेका थिए ।

थप