काठमाडौं । प्रहरी नायव उपरीक्षक (डिएसपी) रबिन बाबु रेग्मीले जिल्ला प्रहरी कार्यालय जुम्लाको कमाण्ड सम्हालेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्र (च.नं. ६४४८) अनुसार रेग्मीलाई जुम्ला सरुवा गरिएको थियो ।
सोही अनुरुप डिएसपी रेग्मीले शुक्रबारबाट जुम्ला प्रहरीको कमाण्ड सम्हालेका हुन् । उनले कार्यालयको सम्पूर्ण जिम्मेवारी ग्रहण गरेका छन् । कार्यभार सम्हालेपछि डिएसपी रेग्मीले कार्यालय अन्तर्गतका सबै शाखा तथा हिरासत कक्षको निरीक्षण गरेका थिए ।
उनको नेतृत्वमा जिल्लामा अपराध नियन्त्रण, कानुनको कार्यान्वयन तथा सेवा प्रवाहमा थप सुधार आउने अपेक्षा गरिएको छ ।
यसअघि जुम्ला प्रहरी प्रमुख डिएसपी छेदिलाल कामतीको काठमाण्डौँ उपत्यका विशेष सुरक्षा गण, त्रिपुरेश्वर सरूवा भएको छ ।
