काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) खड्क बहादुर खत्रीले सम्हालेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको वैशाख १५ गतेको पत्रनुसार सरुवा भएर शनिबार कञ्चनपुर पुगेर एसपी खत्रीले कार्यभार सम्हालेका हुन ।
एसपी खत्री नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगर, कञ्चनपुरबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कार्यालय प्रमुख भएर गएका हुन् ।
कार्यभार सम्हालेका एसपी खत्रीले मातहतका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका छन् ।
यसअघि कञ्चनपुर प्रहरी प्रमुख रहेका एसपी चक्रराज जोशीको जिल्ला प्रहरी परिसर ललितपुर सरुवा भएको छ ।
Facebook Comments Box
