काठमाडौं । प्रोसेस पाण्डे द भ्वाइस अफ नेपाल सिजन ६ का विजेता बनेका छन् । शुक्रबार भएको ग्राण्ड फिनालेमा उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै नगद २० लाख रूपैयाँसहित द भ्वाइस अफ नेपाल सिजन ६ को उपाधि जितेका हुन् ।
प्रोसेसले टिम खेम सेञ्चुरीबाट प्रतिस्पर्धा गरेका थिए । यस्तै टिम मेलिना राईबाट रोशन राई फस्ट रनरअप भएका छन् । यस्तै सेकेन्ड रनरअप टिम राजु लामाबाट प्रमेश राई बनेका छन् ।
अर्पना आचार्य थर्ड रनरअप बनेकी छन् । उनले टिम उदय सोताङबाट प्रतिनित्व गरेकी थिइन् ।
Facebook Comments Box