काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल सम्बन्धी नयाँ कानुन चाँडै आउने भएको छ ।
शुक्रबार राष्ट्रपतिले संसदमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाल प्रहरी सम्बन्धी र सशस्त्र प्रहरी बल सम्बन्धी कानुनलाई संशोधन गर्न बनेका विधेयकलाई संसदको यसै अधिवेशनबाट पारित गर्ने उल्लेख छ ।
यी दुवै विधेयक संसदमा प्रस्तुत भइसकेका छन् । दुवै प्रहरीका नयाँ ऐनमा थुप्रै संशोधन परे पनि संसदीय समितिमा छलफल सुरु भएको छैन । तर सरकारले भने चाँडै पारित गर्ने दाबी गरेको छ ।
यी ऐन आएमा नेपाल प्रहरी र सशस्त्र प्रहरीमा व्यापक परिवर्तन आउनेछ । भावी नेतृत्वदेखि वर्तमान महानिरीक्षकको कार्यकाल समेत लम्बिन सक्नेछ ।
Facebook Comments Box
