महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी)ले आफ्नो कार्यभार सम्हालेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट एसपी नकुल पोखरेलको सरुवा भएपछि उनको ठाउँमा हेरम्ब शर्मा आएका हुन् ।
एसपी शर्मा शुक्रबार महोत्तरी पुगेका हुन् । उनी प्रहरी संगठनभित्र सफल प्रहरी अधिकारीका रुपमा समेत आफुलाई परिचित गर्न सफल भएका छन् ।
एसपी शर्मा प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने नयाँनयाँ अभियानको सिर्जना गर्ने क्षमतावान बौद्धिक प्रहरी अधिकृतका रुपमा समेत परिचित छन् ।
Facebook Comments Box
