काठमाडौं । जिल्ला प्रहरी कार्यालय रौतहट प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) नेत्रमणि गिरीले सम्हालेका छन् । शुक्रबार दिउँसो कार्यालयमा पुगेर एसपी गिरीले जिल्ला प्रहरी कार्यालयको कमाण्ड सम्हालेका हुन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटमा हाजिर भएका एसपी गिरीलाई प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षकलगायतका प्रहरी अधिकारीहरुले स्वागत गरेका थिए ।
जिल्लाको कमाण्ड सम्हाल्दै एसपी गिरीले इमान्दारितापूर्वक काम गर्न प्रहरी जवानदेखि लिएर अधिकारीसमेतलाई निर्देशन दिएका छन् ।
प्रहरी मुख्यालयले गत हप्ता गिरीसहित ६३ जना एसपीको जिम्मेवारी हेरफेर गरेको थियो । यसअघि रौतहटको कमाण्ड एसपी दिलिप घिमिरेले सम्हालेका थिए ।
Facebook Comments Box
