Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । सप्तरी प्रहरीले पुस लागेपछिका ११ दिनमा २४ जना फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा जिम्मा लगाएको छ। अदालतबाट विभिन्न मितिमा भएका फैसला कार्यान्वयनका क्रममा ती प्रतिवादीहरु पक्राउ परेका हुन। पक्राउ परेकाहरुबाट १२ वर्ष १० महिना कैद र १५ हजार ७४६ रुपैयाँ त्रिसठ्ठी पैसा जरिवाना असुल हुने प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सवैभन्दा वढि कञ्चनरुप नगरपालिकाका ८, रुपनी गाउँपालिका र राजविराज नगरपालिकाका ४/४, शम्भुनाथ नगरपालिका र तिरहुत गाउँपालिकाका ३/३ तथा हनुमाननगर कंकालिनी नगरपालिका र विष्णपुर गाउँपालिकाका १/१ जना छन्। प्रहरीका अनुसार कञ्चनरुप नगरपालिकाका बद्री दास, सन्तलाल दास, सुगम्बर यादव, बालकिशुन यादव, बचु रोहीत यादव, बाबजी यादव, बालेश्वर यादव र प्रेम…
काठमाडौँ । भारतमा देब्रे खुट्टा भाँचिएका विरामीको दाहिने खुट्टाको अप्रेशन गरेर एक जना डाक्टर फरार भएका छन्। यो घट्ना उत्तर प्रदेश राज्यको सुल्तानपुरस्थित अस्पतालको हो। त्यहाँका हार्थोपेडिक विशेषज्ञ पीके पाण्डेयले चरम लापरबाही गरी एक जनाको वृद्धाको भाँचिएको खुट्टाको शल्यक्रिया गर्नुको सट्टा अर्को खुट्टाको शल्यक्रिया गरेको घट्ना वाहिर आएको छ। भुइँलादेवी नाम गरेकी एक जना वृद्धा बायाँ खुट्टा भाँचिएपछि बिहीबार उपचारका लागि अस्पताल पुगेकी थिइन्। चिकित्सकले आवश्यक परीक्षणपछि अप्रेसनको तयारी गरे। अप्रेसनपछि महिलालाई बाहिर ल्याउँदा परिवारजन छक्क परे। किनकि बायाँ खुट्टा भाँचिएर अस्पताल ल्याइएकी भुइँलादेवीको दायाँ खुट्टाको अप्रेसन गरिएको थियो। भुइँलादेवीका छोरा सुरेश प्रजापतिकाअनुसार बायाँ खुट्टा भाँचिएको थियो तर, डाक्टरले दायाँ खुट्टाको…
काठमाडाैँ । भारतीय आरजे सिमरन सिंह आफ्नै फ्ल्याटमा मृत भेटिएकी छन् । जम्मू कश्मीरकी चर्चित इन्फ्लुएन्सर तथा रेडियो जकी सिंहको गुरुग्राम सेक्टर ४७ मा रहेको आफ्नो फ्ल्याटमा मृत अवस्थामा भेटिएकी हुन् । बुधबार राति उनको कोठामा झुण्डिएको अवस्थामा शव फेला परेको प्रहरीलाई उदृत गर्दै भारतीय सञ्जार माध्ययमले जनाएका छन् । घटनास्थलबाट कुनै सुसाइड नोट या अन्य तथ्य फेला परेको छैन । भारतीय प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । नक्कली डाक्टर बनेर लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन लाख नगद र गरगहना लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका-४ आरूखर्क बस्ने जितेन्द्र मण्डल छन् । उनले सामाजिक सञ्जालमार्फत पीडितसँग साथी बनेका थिए । आफू डाक्टर हुँ भनेर चिनजान गराएका उनले सुगर रोगको उपचार गर्छु भन्दै पीडितलाई औषधि खुवाएका थिए । औषधि खुवाएर बेहोस बनाएपछि कोठा भित्र रहेका सुन, चाँदीका गहनाहरू र ३ लाख नगद लुटेर फरार भएको आरोप उनीमाथि छ । प्रारम्भिक अनुसन्धान गर्दा सिसिटिभी फुटेजको सहयोगमा प्रहरीले उनलाई…
कञ्चनपुर । कञ्चनपुरस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानले आफैँलाई गोली प्रहार गरेका छन् । आफैँले पेस्तोलमार्फत प्रहार गरेको गोली लागेर प्रहरी जवान चक्रप्रसाद न्यौपाने घाइते भएका छन् । न्यौपानेको निधारमा गोली लागेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसपी नवराज कार्कीले बताए । न्यौपानेलाई उपचारको लागि महाकाली अस्पतालमा भर्ना गरिएको छ । उनको अवस्था गम्भीर रहेको कार्कीले बताए । जवान न्यौपाने जिल्ला प्रहरी कार्यालयको प्रबन्ध शाखामा कार्यरत थिए ।
काठमाडौं । साइबर कसुरको आरोपमा पक्राउ परेकी शोभा पाठक भनेर चिनिने जानुका पाठक साधारण तारेखमा छुटेकी छन् । काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाड्न आदेश दिएसँगै उनी छुटेकी हुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले नेकपा एमालेका नेता महेश बस्नेतलाई बलात्कारको आरोप लगाउँदै आएकी पाठकलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो । उनलाई साइबर कसुरको आरोपमा स्वयम्भूको प्रहरी टोलीले १ पुसमा पक्राउ गरेको थियो । प्रहरी वृत्त स्वयम्भूले गरेको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो ।
काठमाडौं । गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘कुन देवको सृष्टि हौ’ सार्वजनिक भएको छ । गीत गायनमा समीक्षालाई बिन सुवेदीले साथ दिएका छन् । गीतकार तथा मोडल भुवन लोहनीको शब्द रहेको गीतमा क्रिसमस २०२४को अवसर सार्वजनिक गरिएको हो । गीतमा वसन्त सापकोटाले सङ्गीत दिएका छन् । गीतको भिडियोमा भुवन लोहनी र उषा उप्रेतीको अभिनय छ । प्रेम सम्बन्धलाई भिडियोमा कथानक रूपमा प्रस्तुत गरिएको छ । कुन देवको सृष्टि हौ…को भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियो मनोज कार्कीले सम्पादन गरेका हुन् । https://m.youtube.com/watch?v=0jfKqEyUX_I
काठमाडौं । नेपाल प्रहरीमा प्रहरी उपरीक्षक (एसपी) बाट वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवामा ढिलाइ भएको छ । बढुवा समय भएतापनि विभिन्न स्वार्थका कारण ढिलाई भएको हो । कमजोर कमाण्ड क्षमताका एसपीहरुको चर्को दवाव र चलखेल गरेपछि तनावको अवस्था सिर्जना भएको छ । नेपाल प्रहरीका २५ जना एसपीहरुको एसएसपीमा बढुवा गर्नुपर्ने छ । कमजोर कमाण्ड क्षमताका एसपीहरु जसरी पनि बढुवा हुनुपर्ने भन्दै नेताहरुको चाकडी गरेपछि सिनियर एसपी अर्थात काबिल एसपीहरु एसएसपीमा उक्लिन समय अझै केहीदिन लम्बिदै जाने हो कि भन्ने आशंका समेत उठेको छ । आकांक्षीको संख्या धेरै हुँदा बढुवा सिफारिसमा सकस परेको प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एक सिनियर प्रहरी अधिकृत बताउँछन्…
हेटौँडा । मकवानपुरको हेटौँडामा ५ राउन्ड हवाई फायर गरिएको छ । हेटौँडा–५ गर्दौई र हेटौँडा–८ को सिमाना स्थित प्लटिङमा चितवन राष्ट्रिय निकुञ्जकाख सेनाको टोलीले ५ राउन्ड हवाई फायर गरेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गैँडाको खाग तस्करलाई पक्राउ गर्न हवाई पाएर गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा खटिएको टोलीले गैँडाको खाग सहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए । घटनाबारे पूर्ण जानकारी निकुञ्ज मार्फत गर्ने गरी तस्करीमा संलग्न व्यक्तिलाई पक्राउ गरी लगिएको उनले बताए । उनका अनुसार विशेष सुराकी आधारमा तस्कर पक्राउ गर्न २ वटा सवारीमा…
काठमाडौं । घुससहित समातिएका जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायव निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता गरेको हो । आयोगको बुटवलबाट खटिएको टोलीले गत मंसिर १७ गते उनलाई रोल्पा नगरपालिका–४, स्थित निवासमा सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो । अनुसन्धानको क्रममा सवारीसाधन आवतजावतमा सहजीकरणको प्रलोभनमा घुस मागेको पुष्टि भएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कैद र जरिवाना हुन मागदाबीसहित मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।