बालउमेर, बालअवस्थामा आफूले भनेको कुरा नपाउँदा भुईंमा लुडिबुडि खेल्ने, रूने, कराउने गर्दै आफनो जिद्दीपन देखाउने बालक । बाटोमा त्यस्ता किसिमका बालक हामी नजर गर्न पनि सक्छौं, देखिन्छ, भेटिन्छ ।
अनि आफना अभिभावक (बाबुआमा)लाई प्रभावमा पार्ने बालकको स्वभाव उद्दम छ ।
हाल नेपाल प्रहरी संगठनले आफनो संगठन प्रमुख नयाँ फेरिएको अवस्थामा हाल ७ प्रदेश को डिआईजीको सरूवा पनि साना-साना बालकपनको स्वभाव नजर गर्न सकिन्छ ।
नेपाल प्रहरीमा हाल आएर सरुवामा ठुलै बार्गेनिङ हुन थालेको छ । हरेकपटक सरकार परिवर्तनसँगै गृहमन्त्रीको दबाबले खेलेको सरूवा, काज प्रक्रियामा लिन सकिन्छ ।
यो नै प्रहरी संगठनभित्रको कडा खाले रोगको अनुभव गर्न सकिन्छ । हालै प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएपछि प्रदेश सरूवामा यो कडा खाले रोगको गन्ध स्पर्श आयो ।
६ नम्बर प्रदेश कर्णालीलाई संगठनका अधिकृतहरू आफनो सरुवामा अमिलो मन गर्नु कारण के हो ?
एकजना अधिकृतले आफू कर्णाली प्रदेश नजाने बारे खुलेयाम च्यालेन्ज गर्नुको कारण के हो ? राजनीति शक्तिको लगाब वा चेन अफ कमाण्ड कमजोरी प्रश्न यो छ ।
विगतमा कर्णाली प्रदेश प्रमुख आईजीपीका दाबेदार रहेका अधिकृतहरू पनि सरुवामा रहेर काम गरेको अभिलेख छ । तर, अहिले किन कर्णाली प्रदेशलाई अवमूल्यन गर्न थालियो ?
हालको एआईजी बढुवाबाट संगठनमा गुटको आभाष गर्न सकिन्छ । राष्ट्रिय अनुसन्धानबाट स्थान्तरण भएका नेपाल प्रहरीमा रहेका अधिकृतहरू बढुवापछि पर्दा संगठनभित्र चित्र-चरित्रको गन्ध निकै बहसमा आयो ।
हिजोआज संगठनको मर्मप्रति संगठनका सदस्यमा उदासिन देखिएको त होइन् ? तर, प्रत्येक संगठनका सदस्य संगठनप्रति उत्तर दायित्व रहन जरुरी छ ।
लेखक : रविन सिंह बस्न्यात
