काठमाडौ । जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) कोमल बिक्रम शाहले सम्हालेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको वैशाख १५ गतेको पत्रनुसार सरुवा भएर सोमबार काभ्रेपालञ्चौक पुगेर एसपी शाहले कार्यभार सम्हालेका हुन् ।
एसपी शाह नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखा नक्साल काठमाडौबाट जिल्ला प्रहरी कार्यालय काभ्रेको कार्यालय प्रमुख भएर गएका हुन् ।
कार्यभार सम्हालेका एसपी शाहले मातहतका प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिएका छन् ।
यसअघि काभ्रेका प्रहरी प्रमुख रहेकी एसपी बसुन्धाराको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा महाशाखा नक्साल काठमाडौ भएको छ ।
Facebook Comments Box
