काठमाडौं । श्री माध्यमिक विद्यालय रझेना, घाेराही दाङकाे सहायक प्रअमा गणेश केसी नियुक्त भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिप्रसाद गौतमले वैशाख २० गते विव्यसबाट निर्णय गरेर केसीलाई सहायक प्रअमा नियुक्त गरेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंले केसीविरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको थियो । सिटिइभिटिमा नाम निकाल्ने भनेर विद्यार्थीबाट १० हजार रुपैयाँ मागेको गुनासो आएपछि अख्तियारले केसीलाई रङ्गेहात फेला पारेको थियो ।
तर, अख्तियारले केसीलाई सफाइ दिएको थियो ।
केसीलाई सिटिईभिटि अन्तर्गत करारमा विज्ञापन नै नखोली करार शिक्षकमा विद्यालयका प्रअ उद्धव न्यौपानेले नियुक्त गरेका थिए । अख्तियारले निलम्बन गरेपछि केसीको ठाउँमा वैकल्पिकबाट विद्यालयले शिक्षक नियुक्त गरेको थियो ।
वैकल्पिकबाट नियुक्त गरेका शिक्षकले प्राविमा नाम निकालेर गएपछि उमेरहद नाघेका केसीलाई विद्यालयले नियुक्ति गरेपछि घोराही उपमहानगर शिक्षा शाखाले नियुक्ति रोकेपनि उच्च अदालतमा गएर शिक्षकमा पदस्थापना भएका थिए ।
