Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
वीरगन्ज । सिमानाकामा तस्करी र अपराधको घटना हुने कुनै नौलो कुरा होइन । शान्ति सुरक्षा र आपराध नियन्त्रणको लागि खटाएको प्रहरी टोली नै तस्करीमा लिप्त भएपछि आपरिधिक गतिविधि बढनु स्वाभाविक नै हो । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट सादा पोसाकमा सूचना संकलनको लागि खटिएको प्रहरी जवान छोटेलाल पटेलले आर्थिक आतंक मच्चाएका छन् । सिम्रौनगढमा कार्यरत प्रहरी जवान पटेलको आर्थिक आंतकले अहिले सो क्षेत्रमा सर्वसाधारणहरु आतंकित भएको समाचार प्राप्त भएको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट सादा पोशाकमा सुचना संकलनको लागि खटिएको पटेलको संरक्षणमा लत्ताकपडा, हार्डवेयर, किराना सामान, जुत्ताचप्पल, धान, माछा, कुखुराको तयारी मासु र मकैको तस्करी व्यापक रुपमा संचालनमा आएको छ ।…
काठमाडौं । जिल्ला प्रहरी कार्यालय गोरखाको कार्यालय प्रमुखको जिम्मेवारी पाएका प्रहरी उपरीक्षक (एसपी) भरत विकले पदभार ग्रहण गरेका छन् । प्रहरी प्रमुखको जिम्मेवारी पाएका विकले शुक्रबार पदभार ग्रहण गरेसँगै जिल्लाको कमाण्ड सम्हालेका हुन् । एसपी विकले कार्यालयको निरीक्षण गरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई व्यावसायिक निर्देशन समेत दिएका छन् । एसपी विकले अपराध र अपराधीविरूद्ध कठोर भएर उभिने बताए । उनले आफूसँग भएको अनुभवलाई प्रयोग गरेर यहाँका नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्नमा कुनै कसर बाँकी नराखी काम गर्ने बताए । आफू केही गर्नका लागि यहाँ आएको उल्लेख गर्दै एसपी विकले सबैलाई साथ र सहयोग गर्न समेत आग्रह गरे । उनले जिल्लामा रहँदासम्म…
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा र प्रहरी श्रीमती संघकी अध्यक्ष रुपा थापाले काठमाडौं रानीवनस्थित मानवसेवा आश्रमको अवलोकन भ्रमण गरेका छन् । अवलोकनसँगै उनीहरुले मानव सेवा आश्रमका अनाथ, असहाय तथा वृद्धवृद्धालाई भोजन गराएका थिए । उक्त भ्रमणको क्रममा आईजीपी थापाले मानवसेवा आश्रमको सेवालाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे । यसअघि पनि नेपाल प्रहरीले मानव सेवा आश्रमलाई सक्दो सहयोग गर्दै आइरहेको छ । आश्रमको अवलोकन भ्रमण गरिनुले सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण अभियानलाई सफल बनाउन इमान्दारीसाथ प्रयत्न गरिरहेको अनुभूति भएको मानवसेवा आश्रमका सचिव सुमन बर्तौलाले बताए । मानवसेवा आश्रम २०८२ सालभित्र सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माणको लक्ष्यसहित…
काठमाडौं । भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृत फेला परेका छन् । बाँकेको नेपालगन्ज नजिकै भारतको रुपैडियामा गोरखा घर भएका चेतबहादुर पन्त मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक पातलीले पन्त गाडीभित्रै मृत अवस्थामा फेला परेको बताए । ४६ वर्षका पन्तको घर गोरखाको गण्डकी गाउँपालिका फुजेल भएको खुलेको छ । उनको साथमा रहेको नागरिकताका आधारमा सनाखत भएको हो । मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आएको र आफन्तलाई झिकाइसकिएको डीएसपी पातलीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पन्तको शव भारततर्फकै अस्पतालमा राखिएको छ । बिहार हुँदै…
काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) डम्बरबहादुर विकले राष्ट्र र नागरिकलाई सर्वोपरि राखी उच्च व्यावसायिक निष्ठाका साथ कर्तव्य निर्वाह गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् । डिआईजी विकले शुक्रबार प्रदेश प्रहरी गण धनगढीको निरीक्षण गर्दै उनले आपसी सद्भाव, सामूहिक भावना र असल आचरणलाई प्रहरी सेवाको आधार मान्दै सेवा प्रवाहमा इमान्दारिता र अनुशासनलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए । डिआईजी विकले संगठनको मिडिया नीति विपरीत सामाजिक सञ्जालको दुरुपयोग नगर्न, गैह्र व्यवसायिक आर्थिक क्रियाकलापमा संलग्न नहुन र प्रहरी आचरण विपरीत कुनै पनि गतिविधिमा नलाग्न चेतावनी दिए । साथै बल प्रयोगको अवस्था आइपरेमा मानव अधिकारको सम्मान गर्दै व्यावसायिक रूपमा…
काठमाडौं । अभिनेता राजेश हमालले आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको बताएका छन् । उनी ८ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका छन् । चलचित्र ‘नरसिंहा अवतार’ को श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठुलो पर्दामा नदेखिएको स्पष्ट पारे । ‘मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । चलचित्रको…
माओवादीको परिबन्धमा परेर अमेरिका गएको थिएँ, देशमै केही गर्छु भनेर नेपाल फर्किएको छुः रमा सिंह
काठमाडौं । पूर्व पत्रकार एवं राजसंस्था पुनर्स्थापना आन्दोलनकी अभियनता रमा सिंहले आफू तत्कालीन विद्रोही माओवादीको परिबन्धमा परेर अमेरिका पलायन हुनुपरेको बताएकी छन् । प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले तत्कालीन विद्रोही माओवादीले आफ्नी छोरीलाई दुई पटक किड्न्यापको प्रयास गरेपछि अमेरिका गएको बताएकी हुन् । उनले आफूलाई नेपालको माया रहेको र अमेरिकाको नागरिकतासमेत नलिएको बताईन् । ‘मलाई नेपालको माया छ । नेपालको माया र ममताले तानेर ल्याउने मान्छेले अमेरिकाको नागरिकता लिएर बस्छ ? मेरो चाहनाले म अमेरिका गएको होइन । म नेपालमै स्थापित भइसकेकको पत्रकार थिएँ । मेरो नेपालमा आफ्नै बन्द व्यापार पनि थियो,…
काठमाडौं । सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङ (नीमा तामाङ) नागरिकता र राहदानी किर्तेमा दोषी ठहर भएका छन् ।सुन तस्करी प्रकरणमा पक्राउ परेर अहिले पुर्पक्षका लागि कारागारमा रहेका दावालाई काभ्रे जिल्ला अदालतले दोषी ठहर गरेको हो । काभ्रे जिल्ला न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले झुटा विवरण पेस गरी नागरिकता र राहदानी लिने सुन तस्करीमा संलग्न चिनियाँ मुलका बेल्जियम नागरिक दावालाई दोषी ठहर गरेको हो ।नागरिकता सम्बन्धी मुद्दामा ५ वर्ष कैद र १ लाख जरिवाना र राहदानी सम्बन्धी मुद्दामा ३ वर्ष कैद र ३० हजार जरिवानाको फैसला भएको छ । यसैगरी, चितवनका राजु गुरुङ, कर्मचारी झपेन्द्रराज खरेललाई झुठा विवरण पेश गरी…
काठमाडौं । दाङमा बाबु पुनको नामबाट गुण्डा नाइकेका रुपमा चिनिने पूर्ण बहादुर पुनले हालै सरुवा भएर जान लागेका जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख राजेश शाहीलाई बिदाई गरेको पाइएको छ । गुण्डा नाइके पुनले प्रहरी निरीक्षक (इन्स्पेक्टर) शाहीलाई विदाई गरेको तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । गुण्डा नाइकेसँग हिमचिम बढाउने इन्स्पेक्टर शाही आफैंमा विवादति अधिकृत हुन् । उनलाई पुनले कार्यकक्षमा गएरै विदाई गरेका हुन् । कुनैबेला तत्कालिन जिल्ला प्रहरी प्रमुखहरुले आपराधिक पृष्ठभूमिका पुनलाई पक्राउ गरेर कानुनी दायरमा ल्याएका थिए । तर, इन्स्पेक्टर शाहीले कार्यकक्षमै भेट दिनुले उनीहरुबीच लेनादेना समेत हुनसक्ने शंका उब्जिएको छ । इन्स्पेक्टर शाहीलाई भेट्न जाँदा पुनसँगै…
काठमाडौं । २४सै घण्टा देश र जनताको सुरक्षामा खटिने नेपाली प्रहरीलाई दिइने सहुलियत कर्जाको सीमा बढाइएको छ भने ब्याजदर घटाइएको छ । नेपाल प्रहरीले कल्याणकारी कोषमार्फत प्रहरी कर्मचारीका सेवा–सुविधा थप गरिएको हो । प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले कार्यभार सम्हालेकै दिन गत ५ चैतमा प्रहरीको कल्याणकारी सुविधा थप गर्ने निर्णय गरेका थिए । सोहीअनुसार कार्यान्वयन सुरु गरिएको प्रहरी प्रवक्ता रमेश थापाले बताए । गत १६ वैशाखदेखि विशेष सहुलियत कर्जालाई ४ लाखबाट ५ लाख बनाइएको छ । तलबबाट किस्ता तिर्ने गरी यस्तो कर्जा दिने गरिन्छ । सोहीदन नै बसेको कल्याणकारी बोर्डले यस सम्बन्धमा औपचारिक निर्णय गरेर कार्यान्वयनमा लगेको हो । यस्तै घर निर्माणका लागि यसअघि…