काठमाडौं । भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृत फेला परेका छन् । बाँकेको नेपालगन्ज नजिकै भारतको रुपैडियामा गोरखा घर भएका चेतबहादुर पन्त मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) दीपक पातलीले पन्त गाडीभित्रै मृत अवस्थामा फेला परेको बताए ।
४६ वर्षका पन्तको घर गोरखाको गण्डकी गाउँपालिका फुजेल भएको खुलेको छ । उनको साथमा रहेको नागरिकताका आधारमा सनाखत भएको हो ।
मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आएको र आफन्तलाई झिकाइसकिएको डीएसपी पातलीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पन्तको शव भारततर्फकै अस्पतालमा राखिएको छ । बिहार हुँदै रुपैडिया आएका पन्त गाडीबाट नझरेपछि हेर्दा मृत फेला परेको जानकारी आएको पनि प्रहरीले बताएको छ ।
