Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । भारतको राजधानी दिल्लीमा गत अप्रिल ११ मा भएको एक ठूलो चोरी घटनामा संलग्न रहेका ८ जना कैलाली प्रहरीको हिरासतमा छन् । राजस्थान बस्ने दिल्लीमा घर भएका भारतीय नागरिक कपिल बद्रीलालको घरमा चोरी भएको घटनामा विभिन्न किसिमले जोडिएका ८ जना हिरासतमा पुगेका हुन् । कानुनी जटिलताका कारण उनीहरूलाई अभद्र व्यवहार मुद्दा चलाइएको बताइन्छ । दिल्लीमा योजनाबद्ध रुपमा भएको सो चोरीको घटनाअपछि भारतीय दूतावासमार्फत समन्वयका लागि नेपाल प्रहरी प्रधान कार्यालयलाई अनुरोध आएपछि खोजबिन थालिएको थियो । त्यसपछि सो घटनामा पक्राउ परेकामध्ये धनगढीका तीनजना सुनचाँदी व्यवसायी रहेका छन् । अछामको मेल्लेख गाउँपालिकाको सेल गाउँका राजेश साउद, गोकुल साउद, सुरेश साउद, धनगढीको…
काठमाडौं । नुवाकोटमा त्रिशूली नदीमा डुबेर दुई बालिका बेपत्ता भएका छन् । मंगलबार साँझ नुहाउने क्रममा दुईजना बालिका नदीमा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय नुवाकोटका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए । बेपत्ता हुनेमा बेलकोटगढी नगरपालिकाका- ७ का ११ वर्षीया जेनी डंगोल र ११ वर्षीया सदीक्षा रहेका छन् । दुई बालिका र नौ वर्षीय एक बालक नुवाउन र लुगाधुन भनेर नदीमा गएका अभिभावकको भनाई छ । दिदीहरु नदीमा बेपत्ता भएपछि बालकले अभिभावकलाई खबर गरेका थिए । उनीहरुको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी सहायक निरीक्षक वीरबहादुर तामाङको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज…
विराटनगर । मोरङको विराटनगरस्थित कोशी बालसुधार गृहमा बाट सोमबार दिउँसो तीन जना किशोर फरार भएका छन् । तीनै जना बलात्कारका आरोपित हुन् । बालसुधार गृहका अनुसार तीन जनामध्ये उदयपुर र तेह्रथुमका १८–१८ वर्षका किशोर हुन् भने इलामका १७ वर्षीय थिए । सोमबार दिउँसो साढे २ बजेतिर उनीहरू फरार भएका हुन् । बाल सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार फरारमध्ये उदयपुरका १८ वर्षीय किशोर १६ वर्ष ८ महिना कैद सजाय तोकिएका थिए । उनी तीन वर्षदेखि सुधार गृहमा थिए । बाँकी दुई जना भने पुर्पक्षका लागि सुधार गृहमा पाँच महिनाअघि ल्याइएका हुन् । तीन जना किशोरहरूमध्ये दुई जना बालसुधार गृहकै विद्यालयमा…
काठमाडौं । नेपाल प्रहरीका प्राविधिक प्रहरी उपरीक्षक भुला राज खनाल अनिवार्य अवकासमा गएका छन् । ३० वर्ष लामो सेवा अवधि सफलतापूर्वक उनी जेठ १ गतेबाट अनिवार्य अवकासमा जान लागेका हुन् । उनलाई मंगलबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित एक कार्यक्रमकाबीच प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले बिदाइ गरे । उनी नेपाल प्रहरी संगीत विद्यालय, काठमाडौंमा कार्यरत थिए ।
सञ्जय मिश्रा रौतहट । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख डिआईजी उमा प्रसाद चतुर्वेदीले आपराधिक गतिविधि र तस्करी पूर्ण रुपमा नियन्त्रण गर्न कडा निर्देशन दिएका छन् । मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि डिआईजी चतुर्वेदीले मंगलवार जिल्ला प्रहरी कार्यालयहरुको स्थलगत अनुगमन निरीक्षण गरेका छन् । जसमध्ये आज उनले रौतहटको स्थलगत अनुगमन निरीक्षण गरेका हुन् । अनुगमन तथा निरीक्षणको क्रममा डिआईजी चतुर्वेदीले उपस्थित प्रायः जिल्ला प्रहरी कार्यालय रौतहट जिल्लाका सम्पूर्ण युनिट प्रमुखहरूलाई एकै ठाउँमा राखेर कडा निर्देशन दिएका हुन् । सत्य सेवा सुरक्षणमको मूल मन्त्र सम्झिएर नागरिकको जिउधनक सुरक्षामा कुनै कमी नगर्न उनले निर्देशन दिएका हुन् । डिआईजी चतुर्वेदीले भारतबाट हुनेगरेको विभिन्न…
काठमाडौं । चितवनको खैरहनी नगरपालिका ८ आहार क्याफेभित्रै अन्धाधुन्ध खुकुरी प्रहार गर्दा ३ जना घाइते भएका छन् । खुकुरी प्रहारबाट राप्ती नगरपालिका-४ का २८ वर्षीय दिपेन्द्र सिंह गोले, २८ वर्षीय गणश लामा र खैरहनी नपा-९ सिमलटाँडी बस्ने बर्ष २७ को अमृत आचार्य घाइते भएका हुन् । क्याफेभित्र बसेर कफी खाइरहेको समयमा ८,९ जनाको समूह आएर अन्धाधुन्ध रुपमा खुकुरी प्रहार गरेको घाइते आचार्यले बताए । आचार्यले स्कुपखबरसँगको कुराकानीमा भने, ‘४ वटा मोटरसाइकलमा आएका समूहले खुकुरी प्रहार गरेका हुन् । जुनकुरा सार्वजनिक भिडियोमा पनि देख्न सकिन्छ ।’ खुँडा प्रहार गर्ने व्यक्तिहरु हुन् भरतपुरका सुमन मगर, गैडाकोटका सरोज क्षेत्री, मिलन लामा, गडौलीको दावा…
सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छलि गरि भित्राएको ५ लाख रुपैया बराबरको लत्ताकपडा सहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल( प्रस्तावित ) सिमा सुरक्षा गुल्म अलौका प्रमुख एवम सशस्त्र प्रहरी नायब उपरीक्षक कृष्ण सिंह पुजाराको कमान्डमा खटिएको टोली पर्साको प्रसौनीनाकाबाट ठुलो मात्रामा अवैध रुपले भित्राएको ना१८ प ८२७२ नम्बरको सुपर स्पलेन्डर मोटरसाइकलमा लोड रहेको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेको ५लाख१ हजार रुपैयाँ बराबर लत्ताकपडा सहित मोटरसाइकल भन्सार कार्यालय वीरगन्जमा बुझाएको सशस्त्र प्रहरी नायब उपरीक्षक पुजारले बताए।
विराटनगर । गृहमन्त्री रमेश लेखकले वर्तमान सरकारले कानुन र नीतिगत सुधारलाई प्राथमिकतामा राखेको बताएका छन् । एकीकृत भन्सार जाँच चौकी रानी विराटनगरमा प्रादेशिक आपत्कालीन गोदामघर हस्तान्तरण गर्दै गृहमन्त्री लेखकले विपद्को जोखिम भूगोलमा निर्भर रहने भएकाले यसबाट हुने हानि–नोक्सानीलाई न्यूनीकरण गर्न सुरक्षा निकाय चनाखो रहनुपर्नेमा जोड दिए । गृहमन्त्री लेखकले आपत्कालीन गोदामघर सातवटै प्रदेशमा रहेको जानकारी दिँदै यस्तो कामले सङ्घीयताको अभ्यासमा मद्दत पुगेको बताउँदै उनले भने, ‘यस्तो गोदामघर पालिका तहमा पनि राख्नुपर्ने भन्दै आपत्को समयमा यसमा भण्डारणका रुपमा रहेको सामग्रीले जनतालाई राहत पुग्ने विश्वास छ ।’ सरकारले १० महिनाको अवधिमा धेरै सुधारका काम गरेको उल्लेख गर्दै उनले सरकारले छिट्टै नै शिक्षक…
जनताले चाहे बमोजिम सेवा गर्न पुलिस सबैभन्दा पहिला ठिक हुनपर्छ : कैलाली प्रहरी प्रमुख राणा
धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले जनताले चाहे बमोजिम सेवा गर्न पुलिस सबैभन्दा पहिला ठिक हुनुपर्ने बताएका छन् । कैलाली जिल्लाको नेतृत्व सम्हालेपछि मंगलबार पत्रकारहरू सँगको भेटघाटमा एसपी राणाले जनताले पुलिसले पुलिसकै काम गरोस् भन्ने चाहने भएकाले आफूहरू प्रहरी आचरण सुधारका लागि लागेको बताए । ‘पहिला हामी सुध्रिन्छौ । त्यसपछि बल्ल सेवा प्रभाव गर्ने भनेर अहिले हामी प्रहरीको आचरण सुधारमा लागेका छौ’ उनले भने ‘राम्रो काम गर्नेलाई सजाय र नराम्रो गरेकालाई सजाय दिन कुनै कम्प्रमाइज गरिने छैन ।’ उनले बाचा गर्ने भन्दा पनि काम गरेर देखाउने बताए । उनले भने ‘केही राम्रो काम…
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद रणेन्द्र बरालीले लुम्बिनी प्रदेशका नेकपा (एमाले)का सांसद विष्णुप्रसाद पन्थीलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको आज (मंगलबार) बसेको बैठकमा बोल्दै सांसद बरालीले पक्राउ पुर्जी जारी भएका सांसद पन्थी प्रधानमन्त्रीसँग कुम जोडेर सार्वजनिक कार्यक्रममा बसिरहे पनि पक्राउ नगरिएकोमा आपत्ति जनाएका हुन् । प्रदेश सांसद पन्थी सोमबार लुम्बिनीमा आयोजित बुद्ध जयन्ती समारोहमा प्रमुख अतिथिको आसनमा सहभागी भएका थिए । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी थिए । राजनीतिक पहुँचकै कारण सार्वजनिक कार्यक्रममा सहभागी हुँदा समेत प्रहरीले पक्राउ नगरेको भन्दै सांसद बरालीले, ‘सुशासनको यो कस्तो नमुना हो ?’ भन्ने प्रश्न गरेका छन्।…