धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) बाल नरसिंह राणाले जनताले चाहे बमोजिम सेवा गर्न पुलिस सबैभन्दा पहिला ठिक हुनुपर्ने बताएका छन् ।
कैलाली जिल्लाको नेतृत्व सम्हालेपछि मंगलबार पत्रकारहरू सँगको भेटघाटमा एसपी राणाले जनताले पुलिसले पुलिसकै काम गरोस् भन्ने चाहने भएकाले आफूहरू प्रहरी आचरण सुधारका लागि लागेको बताए ।
‘पहिला हामी सुध्रिन्छौ । त्यसपछि बल्ल सेवा प्रभाव गर्ने भनेर अहिले हामी प्रहरीको आचरण सुधारमा लागेका छौ’ उनले भने ‘राम्रो काम गर्नेलाई सजाय र नराम्रो गरेकालाई सजाय दिन कुनै कम्प्रमाइज गरिने छैन ।’
उनले बाचा गर्ने भन्दा पनि काम गरेर देखाउने बताए । उनले भने ‘केही राम्रो काम गर्ने छु र तपाइहरूले मेरा राम्रा काममा सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।’
उनले राजधानीको र भारत सँग सीमा जोडिएको जिल्ला भएकाले कैलालीमा गर्नुपर्ने धेरै काम रहेको बताए ।
‘१ सय किलोमिटर बढी भारत सँगको सीमाना छ, यहाँ अधिकांश जिल्लाका मानिसहरूको बसोबास भएको जिल्ला छ, सबै कारणबाट कैलालीमा धेरै काम गर्नुपर्ने मैले देखेको छु’ उनले भने ‘सीमा क्षत्रेमा हुने तस्करी नियन्त्रण देखि लागु औषध नियन्त्रण सम्म प्रहरीको महत्त्वपूर्ण काम छन्, यसका साथै नागरिकको जिउ धनको रक्षा, अवैध क्रियाकलाप रोक्नुपर्ने दायित्व छ, यी दायित्व बोध हामीले गर्नेछौँ ।’
नागरिकले राम्रो कामको अननुभुति गर्ने गरी काम गर्ने एसपी राणाले बताए ।
