विराटनगर । मोरङको विराटनगरस्थित कोशी बालसुधार गृहमा बाट सोमबार दिउँसो तीन जना किशोर फरार भएका छन् । तीनै जना बलात्कारका आरोपित हुन् ।
बालसुधार गृहका अनुसार तीन जनामध्ये उदयपुर र तेह्रथुमका १८–१८ वर्षका किशोर हुन् भने इलामका १७ वर्षीय थिए । सोमबार दिउँसो साढे २ बजेतिर उनीहरू फरार भएका हुन् ।
बाल सुधार गृहका प्रमुख मिलन चौहानका अनुसार फरारमध्ये उदयपुरका १८ वर्षीय किशोर १६ वर्ष ८ महिना कैद सजाय तोकिएका थिए । उनी तीन वर्षदेखि सुधार गृहमा थिए ।
बाँकी दुई जना भने पुर्पक्षका लागि सुधार गृहमा पाँच महिनाअघि ल्याइएका हुन् । तीन जना किशोरहरूमध्ये दुई जना बालसुधार गृहकै विद्यालयमा कक्षा ८ मा र एक जना कक्षा ७ मा पढिरहेका थिए ।
Facebook Comments Box
