Author: Scoop Khabar

काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको करीब ४० लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार, पक्राउ पर्नेमा नुवाकोट घर भएका ३५ वर्षीय श्याम खड्का र ओखलढुंगा घर भएका ३४ वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन् । प्रहरीले उनीहरू आफैंले चलाएको कारमा ठूलो मात्रामा रकम बोकेको सूचना पाएपछि खोजतलास गर्दा ३९ लाख ९९ हजार रुपैयाँ फेला पारेको हो । पक्राउ परेका दुवै जनासँग बरामद भएको रकमको स्रोत नखुलेको र हाल घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

थप

काठमाडौं । आर्थिक वर्षको अन्त्यतिर नेपाल प्रहरीले लत्ताकपडा तथा उपकरण खरिदका नाममा २२ करोड रुपैयाँ बराबरको सामग्री खरिद सेटिङ मार्फत गर्न खोजेको आरोप लागेको छ । प्रहरीको आर्थिक तथा प्रबन्ध निर्देशनालयले चैत २९ गते म्याट्रेस, रुकस्याक ब्याग, सस्पेन्सन बेल्ट, ज्याकेट, ब्यान्ड ड्रेस सेट, स्मल मेसिनरी आइटम तथा डिजिटल फरेन्सिक उपकरणसहित ७ प्रकारका वस्तुहरूको खरिदका लागि सार्वजनिक टेण्डर आह्वान गरेको थियो । तर टेण्डर प्रक्रिया खरिद ऐन विपरीत निश्चित ठेकेदार समूहलाई फाइदा पुर्‍याउने गरी गरिएको भन्दै ठेकेदार राजमान मिश्रले जेठ २२ गते सार्वजनिक खरिद पुनरावलोकन समितिमा उजुरी दर्ता गरेका छन् । मिश्रका अनुसार उनले प्रतिनिधित्व गर्ने ६ वटा कम्पनीले गुणस्तर पास…

थप

काठमाडौं । सर्वोच्च अदालतको परमादेशबाट गठित उच्चस्तरीय समितिले सम्पन्न गरेको एकताको महाधिवेशनबाट निर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद (आईसीसी) ले सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई यही शनिबार (१४ जुन) भित्र आपसी समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरिसक्न सबै एनसीसीलाई आग्रह गरेको छ । आईसीसीका महासचिव बाबुराम लामाका अनुसार जुन १४, शनिबार बिहान १ बजेसम्म (नेपाली समय) आपसी समझदारी पत्रमा हस्ताक्षर गरिसक्नु पर्ने समयसीमा तोकिएको छ । यदि तोकिएको समयसीमा भित्र एमओयुमा हस्ताक्षर गरिएन भने हस्ताक्षर नगर्ने राष्ट्रिय समन्वय परिषदहरुलाई एनसीसीको मान्यता दिइने छैन र त्यस्तो अवस्थामा सम्बन्धित एनसीसीमा सदस्यता व्यवस्थापन समिति गठन गरि सदस्यता वितरण गरिनेछ । ‘गत मे ३-४, २०२५…

थप

वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलि गरि भित्राएको ठुलो परिमाणमा ट्रक र बसको टायरसहित ट्याक्टर बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी परवानीपुरको संयुक्त टोलीले अवैध रुपले भित्राएको करिब १३ लाख ६० हजार रुपैयाँ बराबरको ट्यारसहित टायर बरामद गरेको हो । वीरगञ्ज महानगरपालिका-२१ परवानीपुर चौकी स्थित सडकखण्डमा खटिएको नियमित चेकिङ टोलीले ना.६ त ४१२९ नम्बरको ट्याक्टरलाई रोकी चेकजाँच गर्दा भन्सार प्रज्ञापन पत्र र आवशयक कागजातहरु साथ नरहेको भन्सार छली गरि भित्राएको बस, ट्रकका टायर थान पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । पक्राउ परेको टायर सहित ट्याक्टर आवशयक कारबाहीको लागि भन्सार…

थप

काठमाडौं । भारतसँग सीमा जोडिएका रौतहट जिल्लाका अधिकांश नाकाहरू तस्करीको खुला मार्ग बन्दै गएका छन् । सीमाक्षेत्रमा सक्रिय साना तस्करदेखि सञ्जालबद्ध गिरोहसम्मको चलखेल, सुरक्षा निकायको मौन समर्थन र प्रशासनको आँखामा पट्टीले गर्दा रौतहट आज तस्करीको केन्द्रविन्दु बन्न पुगेको हो । साना पोका बोकेर साइकल र मोटरसाइकलमार्फत सुरू हुने तस्करी अब पिकअप र ट्रक जस्ता सवारीमार्फत खुल्ला रूपमा हुन थालेको छ । गौर, बेलबिछवा, महादेवपट्टी, डुमरिया, बन्कुल, लालबकैया जस्ता सीमावर्ती बिन्दुहरू तस्करीको मुख्य रुटका रूपमा चिनिँदै गएका छन् । सुरक्षाकर्मी स्वयंम् लाइन म्यानेजर तथ्यहरू भन्छ—तस्करी रोक्न खटाइएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका स्थानीय प्रमुखहरू नै ‘लाइन खुलाउने’ व्यवस्थापकको भूमिकामा छन्…

थप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा ७० वर्षे उमेरहदको विषय फेल खाइसकेको टिप्पणी गरेका छन् । अनेरास्ववियुको २४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । ‘७० वर्ष उमेरका कुरा आयो । ७० वर्षे उमेरहदको विषय फेल खाइसक्यो । अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ? ४ वर्ष घटाउन भएन क्यारे उमेर,’ ओलीले भनेका छन् । उमेरले भन्दा पनि स्वास्थ्य र कार्यक्षमताले हुन्छ कि हुँदैन भन्ने मुख्य कुरा रहेको उनको भनाइ थियो । ‘स्वास्थ्यले साथ दिन्छ दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हो…

थप

काठमाडौं । रौतहटको फतुवा विजयपुर नगरपालिका–४ निवासी ४२ वर्षीय अनुठा राय यादवको सशस्त्र प्रहरीको मोटरसाइकल ठक्करबाट मृत्यु भएको एक महिना नाघिसक्दा पनि पीडित परिवारले न राहत पाएका छन्, न क्षतिपूर्ति । आतबार आयोजित पत्रकार सम्मेलनमा मृतकका परिवारजन तथा स्थानीय सामाजिक अगुवाहरूले घटनामा संलग्न दोषीलाई कारबाही गर्न सुरक्षा निकाय उदासीन देखिएको आरोप लगाए । उनीहरूका अनुसार प्रहरी र सरकारी वकिलको मिलेमतोमा मुद्दा दबाउन खोजिएको छ । गत वैशाख २४ गते सशस्त्र प्रहरी बल बेस क्याम्प दुधियाभारमा कार्यरत हवल्दार सुवास सिंहले चिनी तस्करको पछ्याइमा प्रयोग गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल बीआर-३०-७९३६ ले ठक्कर दिँदा अनुठा राय गम्भीर घाइते भएका थिए । उपचारका…

थप

काठमाडौं । पोर्चुगलले युईएफए नेसन्स लिग फुटबलको उपाधि जितेको छ । आइतबार मध्यराति भएको फाइनलमा स्पेनलाई टाइब्रेकरमा हराउँदै पोर्चुगलले दोस्रोपटक नेसन्स लिग फुटबलको उपाधि जितेको हो । टाइब्रेकरमा पोर्चुगल ५-३ ले विजयी भयो । पोर्चुगलका लागि गोन्सालो रामोस, भितिन्हा, ब्रुनो फर्नान्डेस, नुनो मेन्डेस र रुबेन नेभेसको प्रहार गोलमा परिणत भयो । स्पेनका मिकेल मेरिनो, एलेक्स बेना र इस्कोको प्रहार गोल हुँदा अल्भारो मोराटाले पेनाल्टी मिस गरेका थिए । त्यसअघि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेट अतिरिक्त समयमा २-२ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको हो । खेलमा स्पेनले दुईपटक अग्रता लिएपनि जोगाइराख्न सकेन । २१औं मिनेटमा मार्टिन जुयामेण्डीले…

थप

काठमाडौं । कास्कीको पोखरामा एक युवकको शव फेला परेको छ । पोखरा महानगरपालिका-१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा ३० देखि ३५ वर्ष उमेरको देखिने युवकको शव फेला परेको हो । मृतकको सनाखत हुन नसकेको कास्की प्रहरीले जनाएको छ । घटनास्थलमा हथौडा समेत भेटिएको र घटनाको प्रकृति हेर्दा हत्याजस्तो देखिने प्रहरीको भनाइ छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।

थप

काठमाडौं । देश र जनताको सेवा गर्न खटिएका सशस्त्र प्रहरीका तीन जना सपुतले ज्यान गुमाएका छन् । जसले गर्दा अहिले देशका तीन जिल्लामा सशस्त्र प्रहरीका परिवार शोकमा डुबेका छन् भने सशस्त्र प्रहरी संगठन स्तब्ध बनेको छ । झापाको गौरादह नगरपालिका–८, जुरोपानीका २८ वर्षीय हरदेव राजवंशी र डोटीका २६ वर्षीय सुरज साउद सशस्त्र प्रहरी बलका अनुभवी गोताखोर थिए । सप्तकोशी नदीमा प्रदेशस्तरीय सेमुलेसन अभ्यासका क्रममा डुबेर बेपत्ता भए । अर्कोतर्फ, मोरङको कानेपोखरी गाउँपालिका–४ का सशस्त्र प्रहरी नायब निरीक्षक पुरनलाल राजवंशीको झापास्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा निधन भएको छ । यी तीन सशस्त्र कर्मचारीको असामयिक निधनमा परिवार मात्र होइन, समग्र सुरक्षा बल…

थप