वीरगन्ज । पर्सा प्रहरीले भन्सार छलि गरि भित्राएको ठुलो परिमाणमा ट्रक र बसको टायरसहित ट्याक्टर बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा र प्रहरी चौकी परवानीपुरको संयुक्त टोलीले अवैध रुपले भित्राएको करिब १३ लाख ६० हजार रुपैयाँ बराबरको ट्यारसहित टायर बरामद गरेको हो ।
वीरगञ्ज महानगरपालिका-२१ परवानीपुर चौकी स्थित सडकखण्डमा खटिएको नियमित चेकिङ टोलीले ना.६ त ४१२९ नम्बरको ट्याक्टरलाई रोकी चेकजाँच गर्दा भन्सार प्रज्ञापन पत्र र आवशयक कागजातहरु साथ नरहेको भन्सार छली गरि भित्राएको बस, ट्रकका टायर थान पक्राउ गरेको पर्सा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।
पक्राउ परेको टायर सहित ट्याक्टर आवशयक कारबाहीको लागि भन्सार कार्यालय वीरगन्जमा बुझाएको एसपी मिश्रले जानकारी दिए ।
