काठमाडौं । काठमाडौंको क्षेत्रपाटीबाट स्रोत नखुलेको करीब ४० लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन् ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यका अनुसार, पक्राउ पर्नेमा नुवाकोट घर भएका ३५ वर्षीय श्याम खड्का र ओखलढुंगा घर भएका ३४ वर्षीय धनबहादुर श्रेष्ठ रहेका छन् ।
प्रहरीले उनीहरू आफैंले चलाएको कारमा ठूलो मात्रामा रकम बोकेको सूचना पाएपछि खोजतलास गर्दा ३९ लाख ९९ हजार रुपैयाँ फेला पारेको हो ।
पक्राउ परेका दुवै जनासँग बरामद भएको रकमको स्रोत नखुलेको र हाल घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
