काठमाडौं । कास्कीको पोखरामा एक युवकको शव फेला परेको छ ।
पोखरा महानगरपालिका-१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै सडकमा ३० देखि ३५ वर्ष उमेरको देखिने युवकको शव फेला परेको हो ।
मृतकको सनाखत हुन नसकेको कास्की प्रहरीले जनाएको छ ।
घटनास्थलमा हथौडा समेत भेटिएको र घटनाको प्रकृति हेर्दा हत्याजस्तो देखिने प्रहरीको भनाइ छ ।
प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।
Facebook Comments Box
