Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसको अवसरमा प्रदान गरिने प्रतिष्ठित ‘पुलिस ब्याटन’ यस वर्ष लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले प्राप्त गरेको छ। उक्त सम्मान लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीलाई प्रदान गरिएको हो। प्रहरी दिवस समारोहमा गृहमन्त्री सुधन गुरुङले डीआईजी खत्रीलाई प्रमाणपत्रसहित सम्मान गरेका हुन्। नेपाल प्रहरीमा महत्वपूर्ण मानिने ‘पुलिस ब्याटन’ प्राप्त गर्ने खत्री हाल लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको नेतृत्वमा छन्। प्रहरी दिवसका अवसरमा प्रदान गरिने उक्त सम्मानले प्रहरी संगठनमा उनको भूमिकालाई थप चर्चामा ल्याएको छ।
काठमाडौं । यस वर्षको पूर्ण शान्ति प्रहरी पुरस्कार प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीलाई प्रदान गरिएको छ। नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा गृहमन्त्री सुधन गुरुङले एसपी जिसीलाई उक्त पुरस्कार प्रदान गरेका हुन्। पुरस्कृत जिसी हाल जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत छन्। प्रहरी सेवामा योगदान पुर्याएबापत उनलाई यस वर्षको पूर्ण शान्ति प्रहरी पुरस्कार प्रदान गरिएको हो।
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता अन्तरदेशीय चुनौतीहरू बढिरहेको अवस्थामा हाम्रो भावी पुस्ताको सुरक्षित भविष्यका लागि पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक अत्यन्तै महत्वपूर्ण भएको बताएका छन् । गुरुङले अपराधविरुद्धको हाम्रो सहकार्य सीमाभन्दा बलियो र अपराधीको गतिभन्दा छिटो हुनुपर्छ भन्ने मान्यता नेपालको तर्फबाट मैले स्पष्ट रूपमा राखेको छु । यसका लागि प्रभावकारी सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहल अपरिहार्य छ। साथै, प्राकृतिक विपत्तिले पनि सीमा नचिन्ने यथार्थलाई ध्यानमा राख्दै बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त कार्यदल गठन गर्ने नेपालको प्रस्ताव अघि सारेकाे छु। बैठकका दौरानमा भारतीय समकक्षी अमित…
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुला केन्द्रीय सदस्य पदमा निर्वाचित विनिता खड्कालाई पार्टीले प्रमाणपत्र नदिने भएको छ । खड्काको नतिजा पार्टी केन्द्रीय निर्वाचन समितिले हाललाई ‘होल्ड’मा राख्ने निर्णय गरेको हो । खड्काविरूद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले मतपरिणाममा निर्वाचित भएपनि उनलाई औपचारिक रूपमा निर्वाचित घोषणा नगरिएको निर्वाचन समितिले जनाएको छ। कानूनी प्रक्रियाको टुंगो नलागेसम्म नतिजा होल्डमा राख्न पार्टीका पदाधिकारीले आग्रह गरेपछि समितिले यस्तो निर्णय गरेको हो। महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित हुनुपर्नेमा खड्काको नतिजा रोकिएपछि हाललाई १४ जनालाई मात्र निर्वाचित घोषणा गरिएको हो। प्राप्त मतपरिणामअनुसार खड्काले २ हजार ८६६ मत प्राप्त गरेकी थिइन्, जुन निर्वाचित हुन पर्याप्त…
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले प्रहरीको वास्तविक शक्ति कानुनी अधिकारमा मात्र नभई नागरिकको विश्वास र भरोसामा निर्भर रहने बताएका छन्। प्रहरी निरीक्षक आधारभूत तालिमको १८४औँ समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै आईजीपी कार्कीले प्रहरी संगठनलाई प्रविधिमैत्री, पारदर्शी, व्यावसायिक र नागरिकप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिएका हुन्। उनले व्यक्तिगत आग्रह, बाह्य प्रभाव र अनुचित दबाबबाट मुक्त भएर निष्पक्ष रूपमा कानुन कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। प्रहरीको जिम्मेवारी अपराध नियन्त्रण र अभियुक्त पक्राउमा मात्र सीमित नरही नागरिकलाई न्याय, सुरक्षा र सम्मानको अनुभूति दिलाउनु पनि रहेको उनको सन्देश छ। निष्पक्षता र जवाफदेहितामा जोडप्रहरीसँग कानुन कार्यान्वयन गर्ने अधिकार भए पनि त्यसको…
चितवन । नेपाल प्रहरी स्थापनाको ७१औँ वर्ष पुगेको अवसरमा नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनले आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरेका छन्। प्रहरी दिवस २०८३ को अवसरमा आयोजित कार्यक्रममा ३० जना संरक्षित बालबालिकाको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरूलाई शैक्षिक सामग्री र प्राथमिक उपचारका लागि आवश्यक औषधिसमेत प्रदान गरिएको छ। नेपाल प्रहरी स्थापना भएको वर्षको संख्यालाई प्रतीकात्मक रूपमा जोड्दै ७१ जनाबाट रक्तदान गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। विद्यालय परिसरमै आयोजित कार्यक्रममा अभिभावक, शिक्षक, प्रहरी कर्मचारी, स्थानीय संघसंस्थाका प्रतिनिधि तथा शुभेच्छुकहरूले रक्तदान गरेका थिए। जिल्ला प्रहरी कार्यालय चितवन र नेपाल रेडक्रस सोसाइटीका स्थानीय शाखासँगको समन्वयमा आयोजित कार्यक्रममा…
काठमाडौं । बागमती प्रदेशकी एक पूर्वमन्त्रीसँग जोडिएको भनिएको धम्कीयुक्त अश्लील अडिओ सार्वजनिक भएपछि विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय सदस्य तथा बाँके–३ का सांसद खगेन्द्र सुनार दाङमा जारी पार्टीको पूर्वनिर्धारित कार्यक्रम बीचमै छाडेर काठमाडौं फर्किएका छन्। पार्टीले सांसदको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएपछि सुनार दाङबाट काठमाडौं फर्किएका हुन्। यद्यपि, सुनारले भने उक्त अडिओ कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर तयार पारिएको दाबी गरेका छन्। दाङबाटै भिडियो सार्वजनिक गर्दै उनले केही व्यक्तिलाई उक्साएर आफूविरुद्ध षड्यन्त्र गरिएको आरोपसमेत लगाएका छन्। रास्वपाले आगामी निर्वाचनलाई लक्षित गर्दै सर्वेक्षणका लागि सुनारसहित सांसद नगेन्द्रकुमार गुप्ता र सुष्मा स्वर्णकार (डिम्पल) लाई दाङ खटाएको थियो। आइतबार…
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएकी बिनिता खड्का पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई शुक्रबार राष्ट्रिय सभागृह नजिकैबाट पक्राउ गरेको हो। इजरायलमा केयर गिभरको रोजगारी दिलाइदिने प्रलोभन देखाएर ठगी गरेको आरोपमा खड्कालाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एसएसपी अनुपम शमशेर जबराले बताए। यसअघि यही प्रकरणमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको थियो। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनको नाम दुरुपयोग गरी ठगी गरेको आरोपमा कांग्रेसका पूर्वमहाधिवेशन प्रतिनिधि भरत चौलागाईं, बालिका सिवाकोटी, ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ पक्राउ परेका थिए। प्रहरीको अनुसन्धानअनुसार इजरायलमा केयर गिभरको काममा पठाइदिने भन्दै आरोपीहरूले करिब २ करोड ५० लाख रुपैयाँ…
घरायसी काममा खटिएका सुरक्षाकर्मी ७ दिनभित्र फिर्ता गर्न गृहको निर्देशन, अटेर गर्नेलाई कारबाही
काठमाडौं । गृह मन्त्रालयले कार्यविधिविपरीत व्यक्तिगत तथा घरायसी काममा प्रयोग गरिएका सुरक्षाकर्मीलाई सात दिनभित्र फिर्ता गर्न निर्देशन दिएको छ। मन्त्रालयले तोकिएको मापदण्डविपरीत सुरक्षाकर्मी खटाउने अधिकारी तथा पदाधिकारीलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ। गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले सूचना जारी गर्दै कानुन तथा कार्यविधिले तोकेको व्यवस्थाबाहेक अन्य व्यक्तिगत काममा प्रयोग गरिएका सुरक्षाकर्मीलाई तत्काल सम्बन्धित कार्यालयमा फिर्ता पठाउन निर्देशन दिएका हुन्। ‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ मा बहालवाला तथा पूर्वपदाधिकारी र सुरक्षाकर्मीले पाउने व्यक्तिगत सुरक्षाकर्मीसम्बन्धी स्पष्ट व्यवस्था भए पनि त्यसविपरीत सुरक्षाकर्मीलाई घरायसी तथा व्यक्तिगत काममा प्रयोग गरिएको गुनासो आएको मन्त्रालयले जनाएको छ। मन्त्रालयले गत असोज २२…
काठमाडौं । १३ वर्षअघिको रक्तचन्दन तस्करी प्रकरणमा संलग्न ठेकेदार नवीराज बस्नेत पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले उनलाई शुक्रबार राति काठमाडौंस्थित मेरियट होटलबाट पक्राउ गरेको हो। सीआईबीका एआईजी उमा चतुर्वेदीका अनुसार बस्नेतलाई रक्तचन्दन तस्करीसम्बन्धी पुरानो प्रकरणमा पक्राउ गरिएको हो। उक्त प्रकरणमा रक्तचन्दन बरामद भएको ट्रकका चालक र सहचालकविरुद्ध मुद्दा चलेको थियो। उनीहरू जेल चलानसमेत भएका थिए र हाल रिहा भइसकेका छन्। तर, बस्नेतको यकिन ठेगाना नखुलेका कारण त्यसबेला उनीविरुद्ध मुद्दा अघि बढ्न सकेको थिएन। बस्नेतको हकमा वतन खुलेपछि मुद्दा अघि बढाउने गरी अभिलेख राखिएको थियो। पछिल्लो समय सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा उनको ठेगाना खुलेपछि तामेलीमा रहेको उक्त…
