Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
बाढी प्रभावित रसुवा–नुवाकोट पुगे आईजीपी कार्की, खोज तथा उद्धारमा खटिएका प्रहरीलाई दिए निर्देशन
काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बाढीबाट प्रभावित रसुवा र नुवाकोट जिल्लाको स्थलगत अवलोकन गरेका छन्। बाढीपछि प्रभावित क्षेत्रमा जारी खोज तथा उद्धार कार्यको अवस्था बुझ्न पुगेका आईजीपी कार्कीले घटनास्थलमा परिचालित प्रहरी कर्मचारीहरूसँग प्रत्यक्ष भेटघाट गरी उनीहरूले गरिरहेको कार्यबारे जानकारी लिएका थिए। सो क्रममा उनले जोखिमपूर्ण अवस्थामा समेत खोज तथा उद्धारमा खटिएका प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएका थिए। विपद्को समयमा नागरिकको जीवनरक्षा र उद्धारलाई उच्च प्राथमिकतामा राख्दै उपलब्ध स्रोत–साधनको अधिकतम प्रयोग गर्न समेत उनले निर्देशन दिए। बाढी प्रभावित रसुवा, नुवाकोटलगायतका क्षेत्रमा नेपाल प्रहरीले खोज तथा उद्धार, राहत वितरण, शव व्यवस्थापन तथा अन्य मानवीय कार्यका…
काठमाडौं । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित बालबालिकाका फोटो तथा भिडियो सामाजिक सञ्जालमा जथाभावी सार्वजनिक हुन थालेपछि नेपाल प्रहरीले गम्भीर ध्यानाकर्षण जनाएको छ। प्रहरी प्रधान कार्यालयले बिहीबार विज्ञप्ति जारी गर्दै विपद्मा परेका बालबालिकाको फोटो, भिडियो वा पहिचान खुल्ने विवरण सार्वजनिक गर्दा उनीहरूको गोपनीयता, आत्मसम्मान र मानसिक स्वास्थ्यमा दीर्घकालीन असर पर्न सक्ने भन्दै संवेदनशीलता अपनाउन आग्रह गरेको हो। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक (डीआईजी) अबि नारायण काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा विपद्बाट प्रभावित बालबालिकाको मानसिक अवस्थामाथि थप चोट नपुग्ने गरी फोटो, भिडियो तथा अन्य सामग्री प्रकाशन तथा प्रसारण गर्न आग्रह गरिएको छ। प्रहरीले विपद्, दुर्घटना वा हिंसाबाट प्रभावित बालबालिकाको…
प्रेम विवाहको दुई महिनामै सुमेदीको मृत्यु, माइतीको आरोप- ‘आत्महत्या होइन, हत्या गरेर झुन्ड्याइयो’
रौतहट । दुई महिनाअघि मात्रै प्रेमलाई जीवनसाथी बनाएर नयाँ जीवन सुरु गरेकी रौतहटकी १८ वर्षीया सुमेदी कुमारी पटेलको जीवन यति चाँडै अन्त्य भयो। भदौ १७ गते बिहान उनी देवाही गोनाही नगरपालिका–३ गोठटोलस्थित घरको भान्सा कोठामा झुन्डिएको अवस्थामा मृत फेला परिन्। सुमेदीले गत असार १९ गते देवाही गोनाही–३ का २२ वर्षीय रौनक राज पटेलसँग प्रेम विवाह गरेकी थिइन्। परिवारको सहमतिबिना विवाह गरेपछि उनी रौनककै घरमा बस्दै आएकी थिइन्।तर विवाहको दुई महिना नपुग्दै उनको मृत्यु भएपछि घटनाले गम्भीर प्रश्न उठाएको छ। माइती पक्षले भने सुमेदीले आत्महत्या नगरेको, हत्या गरेर शव झुन्ड्याइएको हुनसक्ने आरोप लगाएको छ। मृतकका बुवा लालबाबु पटेलका अनुसार विवाहपछि छोरीलाई…
वीरगन्ज । प्रहरी चौकी परवानीपुरमा कार्यरत प्रहरी सहायक हवल्दार सोपेन्द्र यादवमाथि सवारीसाधन, कलकारखाना तथा तस्करीका सामान ओसारपसार गर्नेहरूसँग रकम असुली गरेको आरोप लागेको छ। स्थानीय स्रोतका अनुसार परवानीपुर चोक क्षेत्रमा विभिन्न किसिमको चेकजाँचको बहानामा सवारीसाधन रोकेर प्रतिगाडी १ सयदेखि १ हजार रुपैयाँसम्म रकम लिने गरेको पाइएको हो। पर्सा र बाराका विभिन्न सीमावर्ती नाकाबाट अवैध रूपमा भित्रिएका सामान जितपुर हुँदै काठमाडौंसम्म पुग्ने गरेको र बाटोमा त्यस्ता सामान नियन्त्रणमा लिएर रकम लिएपछि छाड्ने गरिएको छ। परवानीपुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मानबहादुर खड्काले कलकारखाना, सवारीसाधन तथा तस्करीसँग सम्बन्धित गतिविधिबाट रकम उठाउन यादवलाई परिचालन गरेको बताइन्छ। स्रोतका अनुसार पर्साका छपकैया, अलौ, अमरपाटी, प्रसौनी…
काठमाडौं । बिचौलिया दीपक भट्टको नेतृत्वमा भएको भनिएको ठूलो आर्थिक अपचलन प्रकरणमा अर्का व्यापारी अमित मोर जेल चलान भएका छन्। लक्की ग्रुपका सञ्चालक अमित मोरलाई बिहीबार विशेष अदालतले थुनामा पठाउने आदेश दिएको हो। हिमालयन रिइन्स्योरेन्सको सञ्चालक हुँदा संस्थाको रकम हिनामिनासम्बन्धी निर्णयमा संलग्न रहेको आरोपमा अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको हो। न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले मोरलाई थुनामा पठाउने आदेश दिएको हो। यद्यपि न्यायाधीश हेमन्त रावलले भने फरक मत राख्दै एक करोड रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय दिएका थिए। मोरसँगै पक्राउ परेका राजीव मोरसँग एक करोड रुपैयाँ, दीपक कुमार श्रेष्ठसँग ५० लाख रुपैयाँ र सुमेर शमशेर जबरासँग…
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले १९.५१० ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–५ का १८ वर्षीय समीर सुनार, ३२ वर्षीय दिपेन्द्र बैगार, १५ वर्षीय विशाल गन्दर्भ र १७ वर्षीय नरेश सुनार रहेका छन्। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बिहीबार लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतका इन्चार्ज प्रहरी सहायक निरीक्षक नीरजबहादुर पालको कमाण्डमा खटिएको प्रहरी टोली र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको संयुक्त टोलीले वीरेन्द्रनगर–११, सुब्बाकुना क्षेत्रमा चेकजाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार कर्णाली प्रदेश–०२–००१ च ०८७६ नम्बरको स्कर्पियोमा सवार उनीहरूलाई शंकास्पद अवस्थामा जाँच गर्दा खैरो हेरोइन फेला परेको थियो। उनीहरूको साथबाट १९.५१० ग्राम…
काठमाडौं । बाढीपीडितका लागि सहयोग भन्दै आफ्नै बैंक खाताको क्यूआर कोडमार्फत रकम संकलन गरेको आरोपमा प्रहरीले काठमाडौंको कलंकीबाट एक जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका–१ का ४७ वर्षीय कृष्ण केसी रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनलाई बिहीबार काठमाडौं महानगरपालिका–१४, कलंकीबाट नियन्त्रणमा लिइएको हो। भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो धनजनको क्षति भएपछि केसीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिदिने भन्दै विभिन्न व्यक्तिलाई आफ्नो व्यक्तिगत बैंक खातामा रकम जम्मा गर्न लगाउने गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो। उक्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले केसीलाई कलंकीमा फेला पारेको…
सशस्त्र प्रहरीको निर्णय : प्रधानमन्त्री राहत कोषमा १५ करोड ५० लाख, मृतक परिवारलाई तत्काल २५ लाख
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले राष्ट्रसेवक कर्मचारीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रुपैयाँ योगदान गर्ने निर्णय गरेको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको अध्यक्षतामा बिहीबार बसेको परामर्श समितिको बैठकले उक्त निर्णय गरेको हो। निर्णयअनुसार सशस्त्र प्रहरी महानिरीक्षक तथा अतिरिक्त महानिरीक्षकहरूले १५ दिन, नायव महानिरीक्षक तथा वरिष्ठ उपरीक्षकले १२ दिन, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकले १० दिन, जुनियर अधिकृतले ७ दिन, वरिष्ठ हवलदारदेखि जवानसम्मले ५ दिन र सशस्त्र प्रहरी परिचरले ३ दिन बराबरको तलब योगदान गर्नेछन्। बाढीका क्रममा बीओपी टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीहरूको भने उक्त…
काठमाडौं । नेपाल पुलिस स्कुल शान्तिपुर, चितवनमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो खाजा खर्च कटाएर जम्मा गरेको रकम भोटेकोशी बाढी प्रभावितका लागि सहयोग गरेका छन्। विद्यालयमा गठन भएका विभिन्न क्लबमा आबद्ध विद्यार्थीहरूको सक्रियतामा कक्षा १ देखि १० सम्म अध्ययनरत विद्यार्थी, शिक्षक–कर्मचारी तथा अभिभावकबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको हो। विद्यार्थीहरूले संकलन गरेको ४७ हजार ८ सय ६० रुपैयाँ, शिक्षक तथा कर्मचारीले एक दिन बराबरको तलबबाट प्रदान गरेको ४२ हजार ९ सय २३ रुपैयाँ र अभिभावकबाट संकलित ५ हजार रुपैयाँ गरी कुल ९५ हजार ७ सय ८३ रुपैयाँ विद्यालय प्रशासनलाई हस्तान्तरण गरिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने विद्यालयका…
बारा । जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी नायव निरीक्षक (प्रनानि) मनोज साह सोनारलाई २०८३ साल साउन महिनाको उत्कृष्ट प्रहरी (बेस्ट पुलिस अफ द मन्थ) घोषणा गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले प्रनानि सोनारलाई साउन महिनाको उत्कृष्ट प्रहरी घोषणा गर्दै प्रशंसापत्र तथा पुरस्कार प्रदान गरेका हुन्। जिल्ला प्रहरी कार्यालय बाराको आर्थिक प्रशासन शाखामा दरबन्दी रहेका सोनार हाल प्रहरी चौकी विश्रामपुर–मुसहर्वामा कार्यरत छन्। कार्यक्षेत्रमा इमानदारी, अनुशासन, जिम्मेवारीप्रतिको प्रतिबद्धता तथा प्रहरी सेवामा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै उनलाई उत्कृष्ट प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रशंसापत्रमा सोनारले संगठनबाट प्राप्त जिम्मेवारीलाई पूर्णरूपमा लगनशील र कर्तव्यनिष्ठ भई निर्वाह…