काठमाडौं । यस वर्षको पूर्ण शान्ति प्रहरी पुरस्कार प्रहरी उपरीक्षक (एसपी) अङ्गुर जिसीलाई प्रदान गरिएको छ।
नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसका अवसरमा आयोजित समारोहमा गृहमन्त्री सुधन गुरुङले एसपी जिसीलाई उक्त पुरस्कार प्रदान गरेका हुन्।
पुरस्कृत जिसी हाल जिल्ला प्रहरी कार्यालय बाँकेमा कार्यरत छन्। प्रहरी सेवामा योगदान पुर्याएबापत उनलाई यस वर्षको पूर्ण शान्ति प्रहरी पुरस्कार प्रदान गरिएको हो।
Facebook Comments Box

