काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवसको अवसरमा प्रदान गरिने प्रतिष्ठित ‘पुलिस ब्याटन’ यस वर्ष लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङले प्राप्त गरेको छ।
उक्त सम्मान लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीलाई प्रदान गरिएको हो।
प्रहरी दिवस समारोहमा गृहमन्त्री सुधन गुरुङले डीआईजी खत्रीलाई प्रमाणपत्रसहित सम्मान गरेका हुन्।
नेपाल प्रहरीमा महत्वपूर्ण मानिने ‘पुलिस ब्याटन’ प्राप्त गर्ने खत्री हाल लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङको नेतृत्वमा छन्।
प्रहरी दिवसका अवसरमा प्रदान गरिने उक्त सम्मानले प्रहरी संगठनमा उनको भूमिकालाई थप चर्चामा ल्याएको छ।
Facebook Comments Box

