Author: Scoop Khabar

काठमाडौं । प्रहरीले महिलाहरुको अश्लील सामग्री बनाएर बिक्री वितरण गरेको आरोपमा एक युवकलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सुर्खेत, वीरेन्द्रनगर नगरपालिका–६ घर भई हाल काठमाडौँ टोखा नगरपालिका ग्राण्डी बस्ने २९ वर्षीय रमेश थापा पक्राउ परेका हुन्। असार १३ गते साँझ ५ बजे प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले थापालाई पक्राउ गरेको परिसरका एसपी अपिलराज बोहोराले जानकारी दिए । थापाले नेपाल तथा अन्य देशमा रहेका नेपाली महिला र पुरुषहरूलाई रकम लिएर भिडियो कलमार्फत अश्लील क्रियाकलापमा सहभागी गराउने र त्यसपछि महिलाहरूका अश्लील फोटो तथा भिडियो बनाएर बिक्री वितरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। उनलाई…

थप

काठमाडौं । नेपाली सेनाका सहायक रथी रवीन्द्र खत्री उपरथीमा बढुवा भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खत्रीलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको हो। गएको जेठमा मन्त्रिपरिषद् बैठकले सहायक रथीको पहिलो चार वर्षे पदावधि पूरा गरेका खत्रीको पदावधि थप गर्ने निर्णय गरेको हो। नेपाली सेनाको सिफारिसमा खत्रीको ७ महिना ८ दिन म्याद थप भएको थियो। तर म्याद थप गरिएको एक महिनामै उनी उपरथीमा बढुवा भएका हुन्। उनको जेठ १६ गतेबाट लागू हुने गरी पुस २४ गतेसम्म सहायक रथीको पदावधि थप गरिएको थियो। खत्री यसअघि युद्ध कार्य निर्देशनालयको निर्देशकका रुपमा कार्यरत थिए।  उनी २०७८ जेठ १७ गते उनी सहायक रथीमा बढुवा भएका…

थप

काठमाडौं । करिब एक महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ)देखि सशस्त्र प्रहरी सहायक हवल्दारसम्म दुई हजार १९६ जनाको बढुवा भएको छ । बढुवा हुनेमा वरिष्ठ सइमा ११ जना, सइमा ३४ जना, लेखा उपसमूहतर्फ सइमा ६ जना छन् । त्यसैगरी सशस्त्र प्रहरी वरिष्ठ हवल्दारमा ६०३ जना, हवल्दारमा ७५९ जना र सहायक हवल्दारमा ७८३ जना बढुवा भएका हुन् । मुख्यालयले बढुवा हुनको लागि १९ जेठमा सूचना जारी गर्दै सशस्त्र प्रहरी सेवा साधारण समूह, साधारण उपसमूहतर्फको वरिष्ठ सइ र सई तथा सशस्त्र प्रहरी सेवा, साधारण समूह, लेखा उपसमूहतर्फका सइमा बढुवा हुनको लागि १० दिन भित्र बढुवा…

थप

काठमाडौं । मोरङको धनपालथान गाउँपालिका–५ की ७ वर्षीया बालिका आत्तिका सरदारको बलात्कारपछि हत्या भएको घटनामा उनकै कान्छा काका २२ वर्षीय अनिषले अपराध स्विकार गरेका छन्। सुरुमा उनले घटनामा आफनो संलग्नता नभएको बताएपनि थप सोधपुछका क्रममा उनले अपराध स्विकारेका हुन्। उनले अश्लिल भिडिओ हेरेर रातको करिव १२-१ बजे सँगै सुतेकी भतिजी आत्तिकालाई ओछ्याबाट उठाई बाहिर लगेर बलात्कार गरेको खुलेको छ। बलात्कारका क्रममा प्रतिकार र हल्ला गरेपछि मुख थुनेर घाँटी बटारेर हत्या गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ। अक्षय सरदारकी माईली छोरी आत्तिकाको शव शनिबार बिहान घरबाट करिब एक सय मिटर पर दुर्गा आधारभूत विद्यालयको छेउको बाटोमा फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय…

थप

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) च्याम्पियन रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) का फास्ट बलर यश दयालविरुद्ध एक युवतीले बलात्कारको आरोप लगाएकी छन्। भारतीय सञ्चारमाध्यमका अनुसार गाजियाबादको इन्दिरापुरममा बस्ने ती युवतीले दयालविरुद्ध अनलाइन पोर्टलमा उजुरी दर्ता गराएकी छन्।यो घटनाले खेलकुद जगतमा हंगामा मच्चाएको छ र प्रहरीले यस विषयमा गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ। गाजियाबाद प्रहरीले आइतबार पीडितको बयान रेकर्ड गरेको छ। र, यश दयाललाई बयान रेकर्डका लागि आउन सूचना पठाएको छ। प्रहरी अधिकारीहरूले यश दयाललाई बयान रेकर्ड गर्न ढिलाइ नगर्न भनेका छन्। पीडितका अनुसार सन् २०१९ देखि सामाजिक सञ्जालमा यश दयालसँग कुराकानी सुरु भएको थियो। यसपछि यशले इन्स्टाग्राममा विवाहको प्रस्ताव राखे। यसपछि…

थप

काठमाडौं । फ्रेन्च क्लब पीएसजी फिफा क्लब विश्वकप फुटबलको क्‍वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबाार राति भएको अन्तिम १६ को खेलमा अमेरिकी क्लब इन्टर मियामीलाई ४-० ले हराउँदै पीएसजी अघिल्लो चरणमा प्रवेश गरेको हो । पीएसजीको जितमा जोआओ नेभेसले २ गोल गरे भने अचरफ हाकिमीले १ गोल गर्दा एक गोल उपहार पाएको थियो । सबै गोल पहिलो हाफमै भएका थिए । छैटौं मिनेटमा नै नेभेसले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ३९औं मिनेटमा नेभेसले नै गोल गर्दै अग्रता दोब्बर पारे भने ४४औं मिनेटमा मियामीका टोमस अविलेसबाट आत्मघाती गोल भयो । इन्जुरी समयमा हाकिमीले गोल गरेपछि पीएसजी ४-० ले अगाडि…

थप

काठमाडौं । इंग्लिस फरवार्ड ह्यारी केनको २ गोलको मद्दतमा जर्मन क्लब बार्यन म्युनिखले क्लब विश्वकपको अन्तिम १६ मा ब्राजिली क्लब फ्लामेंगोलाई ४–२ ले पराजित गरेको छ। मियामीको हार्ड रक स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा सुरुआतदेखि नै आक्रामक देखिएको बार्यनले छैटौं मिनेटमा विपक्षी खेलाडी एरिक पुलगारको आत्मघाती गोलमार्फत अग्रता लियो। त्यसपछि नवौं मिनेटमा केनले गोल गर्दै अग्रता दोब्बर पारे। फ्लामेंगोका लागि ३३औं मिनेटमा गेर्सनले गोल फर्काए। त्यसपछि ४१औं मिनेटमा लियोन गोरेट्ज्काले तेस्रो गोल गर्दै बार्यनलाई पहिलो हाफमै ३–१ ले अगाडि राखे । दोस्रो हाफको ५४औं मिनेटमा फ्लामेंगोका जोर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै खेलमा रोमाञ्च थप्ने प्रयास गरे । तर, ७३औं मिनेटमा पुनः केनले…

थप

काठमाडौँ । अनमोल केसीको नयाँ फिल्म ‘बाटुलो जुन’को सुरु भएको छ । धादिङको काउलेबाट फिल्मको छायांकन सुरु भएको हो । पहिलो चरणमा केही दिन मात्र फिल्मको छायांकन हुनेछ । बाँकी छायांकन भने भदौमा गर्ने तयारी निर्माण पक्षको छ । फिल्मको छायांकन सुरु भएसँगै यसको निर्माण पक्षले फिल्मका नायक अनमोल केसी र नायिका प्रिन्सी खतिवडाको फर्स्ट लुक्स पनि सार्वजनिक गरेको छ । सार्वजनिक लुक्समा अनमोल दाह्री पालेर प्रिन्सीसँग केही हेरेर टोलाएको देख्न सकिन्छ । जिया केसीको लगानीमा बन्ने फिल्मको बजे २५ लाख बताइएको छ । अङ्गुर खेतीमा फिल्म खिच्नुपर्ने भएकाले केही दिनका लागि यसको टिम धादिङको काउले पुगेको हो । फिल्मका…

थप

काठमाडौँ । आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’को टिजर सार्वजनिक भएको छ । आइतबार परेको राष्ट्रिय धान दिवस तथा दही चिउरा खाने दिनको अवसरमा फिल्मको १ मिनेट ४९ सेकेण्ड लामो टिजर सार्वजनिक गरिएको छ । ‘जुम्लेलीलाई जीवनजल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर’ हरफबाट सुरु भएको टिजरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमालको बालापनदेखिको सम्बन्ध विवाहमा परिणत भएपछि आउने उतार-चढाव झल्काइएको छ । फिल्ममा सौगात र बेनिशासहित श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण…

थप

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी) को सेयरमूल्य समायोजन भएको छ । कम्पनीले आव २०८० ८१ का लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ८२५.७८ रुपैयाँ कायम भएको छ । आजको कारोबारबाट यहि मूल्यमा आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । समायोजअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९०८.३६ रुपैयाँ कायम थियो । कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई हाल कायम रहेको कम्पनीको चुक्तापूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३१६७९० नगद लाभांश लाभांश प्रदान गर्ने निर्णय गरेको छ । लाभांश…

थप